सेयर लगानीकर्ता भन्छन् : बजार बढ्ने सकरात्मक संकेत

काठमाडौं । आगामी दिनमा सेयर बजार सकरात्मक रुपमा अघि बढ्ने संकेत मिलेको लगानीकर्ताले बताएका छन् ।  अर्थमन्त्री डा. युवराज खतिवडा पुँजीबजार प्रति सकरात्मक देखिएको भन्दै लगानीकर्ताले दीर्धकालमा यसको सकारात्मक असर देखिने प्रक्षेपण गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला २ वर्षअघि सेयरबजार सर्वाधिक रुपमा बढेर १ हजार ८८१ अंक पुगेको बताउदै उनले आगामी दिनमा बजार बढ्ने संकेत देखिएको बताए । विकास न्युजसंग कुरा गर्दै उनले सार्वजनिक गरिएको श्वेतपत्रमा अर्थमन्त्री डा. खतिवडा बजार घटेको प्रति चिन्तित देखिएको र सरकार यसप्रति सकरात्मक भएकाले आगामी दिन बजार बढ्ने छ । अर्कोतर्फ नेपाल राष्ट्र बैंकले लगानीयोग्य पुँजी बढाउन बैंकलाई विदेशबाट पनि लगानी ल्याउन अनुमति दिएकाले आगामी दिनमा तरलताको समस्या हटेर ब्याजदर कम भई सेयरमा लगानी बढ्ने उनको विश्वास छ । सेयर बजारको विष भनेको बढ्दो ब्याजदर भएको बताउदै उनले भने “विदेशबाट थप लगानी आएपछि ब्याजदर कम भई सेयरमा लगानीको वातावरण बन्ने संकेत देखिएको छ ।” ब्याजदर बढेर १४ प्रतिशत पुग्दा सेयर बजारका अतिरित्त अन्य व्यवसाय संकटमा पर्न थालेको भन्दै उनले ब्याजदर घट्न थालेपछि सेयरमा लगानी बढ्ने उनको निष्कर्ष छ । अर्थमन्त्रीले सार्वजनिक गरेको श्वेतपत्रले पुँजीबजारको विकासका लागि दीर्धकालिन औषधीको खोजी गरेको उनको ठम्याइ छ । अर्थमन्त्री खतिवडाले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत परिमार्जन आवश्यक भएको औल्याउदै उनले पुँजीबजारमा केही सुधारका काम थाल्ने संकेत समेत गरेका छन् । खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ ।

विज्ञ अर्थमन्त्रीको ठहरः अर्थतन्त्रमा व्यापक अराजकता, बैंकको कर्जाले आर्थिक वृद्धि दरमा योगदान गरेन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा व्यापक अराजकता देखिएको ठहर गरेका छन् । अर्थतन्त्रको वर्तमान अवस्था समेटिएको श्वेत पत्र जारी गर्दै अर्थमन्त्री डा. खतिवडाले भनेका छन–श्रोतको अनिश्चितताबीच तयार पारिएको बजेट कार्यान्वयन हुन नसक्ने र गैर बजेटरी खर्च वृद्धि हुने प्रवृत्तिले सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपुर्ण बनेको छ । वित्तिय अनुशासनका सिमा निर्ममतापूर्वक तोडिएका छन् ।’ उनले बजेट अनुशासन उल्लंघन भएकाले सरकारी ढुकुटी रित्तो अवस्थामा पुगेको पनि बताए । विज्ञ अर्थमन्त्री डा. खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुको पुँजी परिचालनले आर्थिक विकासमा सहयोग नगरेको आरोप पनि लगाए । अर्थमन्त्री डा. खतिवडाले  बैंक तथा वित्तिय क्षेत्रले लगानी गरेको कर्जाको छानविन गर्ने समय आएको पनि बताए । ‘बैंकको कर्जाले अर्थतन्त्रमा राम्रो प्रभाव पारेन्, आर्थिक वृद्धिदरमा असर गरेनन्, अब बैंक तथा वित्तिय संस्थाहरुको कर्जालाई विवेकशिल ढंगले उपयोग गर्नु पर्छ, आर्थिक वृद्धिदर बढाउने मुल क्षेत्रमा कर्जा बढाउनु पर्छ’, डा. खतिवडाले श्वेतपत्र जारी गर्दै भने । उनले निजीकरणको अभ्यास मुलतः असफल भएको बताउँदै अध्ययन गरेर मात्रै सरकारी उद्योग तथा संस्थानहरुको व्यवस्थापन गर्ने पनि श्वेत पत्रमा लेखेका छन् । निजीकरण गरिएका उद्योग तथा संस्थानहरुले राजश्व संकलनमा कुनै योगदान गरेको पनि श्वेत पत्रमा लेखिएको छ । अर्थमन्त्री डा. खतिवडाले अनौपचारिक अर्थतन्त्र बढेकाले राजश्व संकलन समेत प्रभावित बनेको बताए । उदारीकरणका नाममा भन्सार दरबन्दीहरु घटाइएको तर आन्तरिक राजश्वको श्रोत खोज्न भने असफल भएको निष्कर्ष पनि निकालेका छन् । उनले कर प्रशासनले राजश्वको नयाँ श्रोत खोज्न कुनै कसरत नगरेको आरोप पनि श्वेत पत्रमा लगाएका छन् ।

पुँजी बजार संकुचनमा- अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको सेयर बजार सतही हुनुका साथै संकुचित रहेको बताएका छन् । शुक्रबार देशको वर्तमान आर्थिक स्थितिको बारेमा श्वेतपत्र जारी गर्दै उनले सो कुरा बताएका हुन् । सेयर बजार निरन्तर गिरावट आइरहेका बेला अर्थमन्त्री खतिवडाले संकुचन हुदै गएको औल्याएका छन् । खतिवडाले अर्थतन्त्रमा साधन परिचालन गर्न पुँजी बजार सशक्त माध्यम भएपनि यस्तो बजार हाल धितोपत्रमा मात्र सीमित रहेको बताएका छन् । साथै उनले पुँजी बजारलाई ऋण बजारको रुपमा विकास गर्न नसकिएको स्वीकार पनि गरेका छन् । साथै, अहिले बजार घट्नुमा कर्जा र निक्षेपको ब्याजदर बढ्नु, संस्थागत लगानीकर्ताको संख्या न्युन हुनु र चुक्ता पुँजीमा भएको वृद्धिको कारण सेयर आपुर्ति बढ्नु कारण भएको उनले बताएका छन् । अर्थमन्त्रीले लगानीकर्ताको न्युनता, वित्तीय बजारमा लगानीयोग्य पुँजीको अभावले ब्याजदरमा भएको वृद्धि र सेयर आपूर्ति बढ्दा पुँजीबजार घटेको विश्लेषण गरेका छन् । पुँजीबजारमा पारदर्शिताको अभाव, साना लगानीकर्ताको सेयर सम्बन्धित ज्ञानको कमी, सही सूचनाको अभावले गर्दा सेयर बजार ओरालो लागेको खतिवडाको तर्क छ । सेयर बजारमा वित्तीय संस्थाको ८१ प्रतिशत, जलविद्युतको ५, उत्पादनमुलक उद्योगको ३ र होटलको २ प्रतिशत हिस्सा रहेको उनले बताएका छन् । पुुँजी परिचालनमा मुख्य भुमिका निर्वाह गरेकोमा केवल धितोपत्रमा मात्र पुँजी बजार केन्द्रीत भएको उनको भनाई छ । उनले ठुलो लगानी परिचालन गर्नका लागि संस्थागत र नीतिगत आवश्यकता औल्याएको बताए ।