सिन्डिकेटधारीलाई गलाउन विरोधीलाई फकाउँदै सरकार
काठमाडौं । सिन्डिकेटको विरोध गर्दै आएका नेपाल राष्ट्रिय यातायात सर्वाेच्च महासंघले सरकारसँग वार्ता गर्ने भएको छ । यातायात नविकरण र पञ्जिकरणमा विवाद देखिएपछि व्यवसायीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठसँग वार्ता गर्न लागेका हुन् । यातायात सञ्चालनका लागि नविकरण र पञ्जिकरणका लागि सहजीकरणको माग गर्दै व्यावसायीले यातायात मन्त्रीसँग छलफल गर्न लागेका हुन् । व्यवसायीहरु सिन्डिकेट अन्त्यको समर्थन गर्दै नविकरणमा र पञ्जिकरणमा सहज बनाउन माग गरिरहेका छन् भने सरकार आन्दोलनरत व्यवसायीलाई गलाउन विरोधी व्यवसायीहरुलाई प्रयोग गर्ने तयारी गरिरहेका छन् । यातायात व्यवसायी महासंघका अध्यक्ष विस्णु शिवाकोटीका अनुसार मंगलबार यातायात मन्त्री महासेठले वार्तामा बोलाएको बताए । वार्तामा यातायात क्षेत्रमा रहेको समस्याको विषयमा कुरा हुने र सवारी ऐन २०४९ अनुसार सवारी नविकरण र पञ्जिकरणको विषयमा छलफल हुने शिवाकोटीले जानकारी दिए । २० वर्ष पुगिसकेका सवारी धनिलाई पुन सवारी खरिदको लागि सरकारले राजस्व छुटको व्यवस्था मिलाउनु पर्ने २० वर्ष पुराना गाडीको जाँच पास भए सञ्चालन गर्न पाउनु पर्ने माग व्यवसायीहरुले गरेका छन् । यातायात व्यवस्था विभागले भने पञ्जिकरणका लागि आवश्यक मापदण्ड पुरा गर्नुपर्ने जनाएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकृत तुलसीराम अर्यालका अनुसार पञ्जिकरणका लागि अहिले सम्म १२३ कम्पनी आइसकेका छन् । तोकिएको मापदण्ड नभए पञ्जिकरण गर्न सकिदैंन, विभागले गर्ने सबै कार्यहरु विभागले गरेको संशोधित निर्देशिका कार्यविधी अनुसार नै अगाडी बढ्ने बताए । नयाँ कम्पनी दर्ता हुनका लागि अहिले विभागमा भिड हुने गरेको अर्यालले बताए । कम्पनीको रुपमा दर्ता भएका सबै व्यवसायीले बन्दको बेला सवारी सञ्चालन गर्ने यातायात व्यवस्था विभागले जनाएको छ । यसअघि यातायात मार्फत रहेको २१० कम्पनीको करिब ५५ हजार सवारी साधन सिन्डिकेटधारीको बन्दमा पनि सञ्चालन गर्ने तयारी गरेको छ । सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई भने अहिलेसम्म सरकारले वार्तामा बोलाएको छैन । उहरुले १२ गते सिन्डिकेटको पक्षमा रहेका सबै सवारीलाई बिना रुट सञ्चालन गर्ने तयारी गरेको छ । त्यस्तै गृह मन्त्रालयले भने यातायात नियम मिच्नेलाई सेना प्रहरी लगाएर कारबाही गर्ने तयारी गरेको छ । सर्वोच्च महासंघमा आवद्ध २१० कम्पनीका करिब ५५ हजार सवारीले सिन्डिकेटधारीको बन्दमा सवारी सञ्चालन गर्ने तयारी गरेको छ ।
नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखाै खर्चने दिन सकिए, अब १०० रुपैयाँमा पाइने
काठमाडौं । तपाईले नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए पढ्न लाखौ रुपैयाँ खर्च गर्नुपरेको छ । शुल्क महंगो भएर अध्ययन गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् समता अस्पतालले तपाइको इच्छा पुरा गर्ने छ । समताले १ सय रुपैयाँमा नर्स, अहेव, एचए र ल्यावटेक्निसियनको अध्ययन गराउने भएको छ । यसका लागि अस्पतालले काम शुरु गरेको छ । यही वर्षदेखि सञ्चालनमा ल्याउने तयारी समताको छ । यसबाट न्युन आय भएका व्यक्तिले पनि नर्स, अहेव, ल्यावटेक्निसिएन र एचए विषय पढ्न पाउने भएका हुन् । अस्पतालले भर्ना फि लगायत गरी सबै कोर्शका लागि १ सय रुपैयाँ तिरेपछि पठ्न पाइने छ । एक पटक १ सय रुपैयाँ तिरेपछि विद्यार्थीले थप शुल्क तिर्नुपर्दैन । अहिले नर्स पढ्नका न्युनतम ४ देखि ७ लाख रुपैयाँसम्म खर्च लाग्छ । यस्तै अहेव, ल्यावटेक्नीसिएन र एचए पढ्न पनि लाखौ रुपैयाँ खर्च गर्नुपर्छ । यसले गर्दा यी विषयमा कम आय भएका व्यक्तिको पंहुच बाहिर रहेको छ । समताले अध्ययन शुरु गरेपछि गरिवको पंहुच यी विषयमा हुने छ । पैसा भएकाले मात्र पढ्न पाएकोमा अब समताले १ सय रुपैयाँमा पुरै कोर्स अध्यन गर्न सकिने छ । यो वर्षदेखि १ सय रुपैयाँमा कक्षा शुरु गर्ने तयारी समताले थालेको छ । हाल अस्पताल मात्र सञ्चालन गरिरहेको समताले अब १ सय रुपैयाँमा स्वास्थ्यकर्मी उत्पादन गर्न लागेको हो । सरकार नर्स, अहेव कक्षा सञ्चालनका लागि सरकारसंग अनुमति मागेको छ । सरकारले यो वर्षभित्र सञ्चालन गर्न अनुमति दिने प्रतिवद्धता जनाएको समता अस्पताल सञ्चालक उत्तम सञ्जेलले बताए । असपतालले पहिलो चरणमा नर्स, अहेव, ल्यावटेक्निसियन र एचएका लागि ४०÷४० जना भर्ना लिने भएको छ । न्युनआय भएका व्यक्तिहरु धेरै पैसा नभएको कारणले अस्पताल जान डराउँछन् । शरीरमा रोग पालेर बस्ने गर्छन् । बिरामीलाई यस्तो अवस्थाबाट मुक्त गर्न यो अस्पताल खोलिएको हो । बाँसबाट बनाईएको अस्पताल, बाहिरबाट हेर्दा कुनै कटेज चिटिक्क देखिन्छ । होलबडी चेकअप गराउन १ हजार ५०० शुल्क लिएको छ । आफुलाई लागेको रोगको जानकारी बाहिरको काउन्टरमा बस्ने व्यक्तिले तपाईको रोग अनुसारको डाक्टरको नाम सिफारिस गर्छन् र तपाईको हातमा एउटा पूर्जी थमाउँछन् ।अस्पतालमा जनरल फिजिसियन, बाल, नशा तथा हाडजोर्नी, स्त्री, मुट, छाला तथा यौन, रोगका २५ जना विशेषज्ञ डाक्टर उपलव्ध छन् । बिरामीले प्याथोलोजी सेवा लिनु परे या ईसीजी वा अल्ट्रासाउन्ड गर्नुपरे थप शुल्क तिर्नु पर्दैन । अझ ज्येष्ठ नागरिक परिचयपत्र भएका बिरामीलाई त अस्पतालले निःशुल्क उपचारको व्यवस्था गरेको छ । अपाङ्ग तथा महिलाको लागि पनि अबस्था हेरेर अस्पतालले शुल्कमा छुट दिँदै आएको छ । आर्थिक अवस्था कमजोर भएका आम नगरिकहरु दिन दिनै पैसाको चिन्ताले झनै बिरामी भहिरहेका छन् । तर अब यस्तो अवस्थाबाट मुक्त गर्न अस्पताल खोलिएको अस्पतालका संस्थापक उत्तम संजेल बताउँछन् । अस्पताल सञ्चालनमा आएको १ वर्ष भएको छ । १ वर्षमा यस अस्पतालले ३० हजार बिरामीलाई उपचार गरी सकेको साथै दैनिक करिब २ सय जना बिरामीले यस अस्पतालबाट सेवा लिईरहेका छन् ।
चन्द्रागिरीमा १८ प्रश्न अनुत्तरित, नेप्से १५०० पुगेपछि तल झर्ने (फाेटाे फिचर)
काठमाडौं । पत्रकारको जन्म अर्काको कथा सुन्न, अर्काको कहानी लेखिदिने र अर्काका सुखदुःख बोलिदिन भएको हो, आफ्नो लेख्न होइन । तर संस्मरणको रुपमा म आज आफ्नै कार्यालय विकास मिडिया परिवारको एकदिने भ्रमणको बारेमा लेख्दैछु । ‘यसपाली नयाँ वर्ष रमाइलोसँग मनाऊँ । बैंशाख १ गते विकास मिडिया परिवार चन्द्रागिरी घुम्न जाऊँ’ साथी खेम अधिकारीले चैतको अन्तिम साता प्रस्ताव गरे । ‘सबै जनाबीच छलफल गरौं’ मैले भने । भोलिपल्ट छलफल भयो र २ गते चन्द्रगिरी भ्रमणमा जाने सहमति जुट्यो । चैत १७ गते मोटरसाईकल दुर्घटनामा परेर दाई दीपक पौडेलको निधनले नारायण पौडेल शोकमा थिए । दुर्घटनासँग जोडिएको कार्यमा थप समय दिनुपर्ने भएकोले उनी काठमाडौं फर्कन केही दिन ढिला हुने भयो । नारायणको अनुपस्थितिमा विकास मिडिया परिवार चन्द्रगिरी भ्रमणमा जाने र रमाइलो गर्ने भन्ने कुरै भएन । बैशाख २ गतेको कार्यक्रम ७ गते सर्यो । विकास मिडियामा रमाइलो वातावरण सिर्जना गर्नेमा नारायण, सन्दीप भट्टराई, खेम अधिकारी र आशिषको भूमिका बढी हुन्छ । चन्द्रागिरी भ्रमण जानु पूर्वको तयारी र कार्यक्रमको जिम्मेवारी आशिष र सन्दीपले पाए, सबै साथीसँग समन्वय गर्ने गरी । विकास मिडियाको प्रकाशन देशविकास साप्ताहिक र न्यूजपोर्टल विकासन्यूजमा नियमित क्रियाशिल २२ जना मध्ये १८ जना मात्र चन्द्रागिरी भ्रमणमा निस्कियौं । आफन्तको विवाहसहितको वाध्यात्मक कारण जनाउँदै ४ जना साथीहरु भ्रमण सहभागि हुन सकेनन् । छातीमा ‘देशविकास’ पिठ्यूउँमा ‘विकासन्यूज डट कम’ प्रिन्टेड सेतो टिर्सट लगाएर टिमका सबै साथी ‘सँगै’ हिड्दा हामी मात्र खुशी भएनौं, बाटोमा विकास मिडियाको जुझारु टिम देख्ने मध्ये अधिकांश मुस्कुराए । यतिसम्म कि चन्द्रागिरीको विभिन्न आकर्षक क्षेत्रमा फोटो खिचाउने क्रममा अरु यात्रीहरुको भीडले हामीलाई प्राथमिकता दियो । मान्छे आकर्षित हुने फक्रेको फूलमा हो, ओइलाएको फूलमा होइन । ज्यानले साथ दिएसम्म काम गर्ने कर्मयोगि राजधानीबासीहरुको लागि बेलाबखत घुमघाम र आनन्द लिनको लागि चन्द्रागिरी पहाडको टुप्पो साँच्चिकै रमणीय ठाउँ छ । कम्तिमा धुलो, धुवाँलगायतको वातावरणीय प्रदुषणभन्दा माथि पुगिन्छ । चन्द्रगिरीको पानी मुखमा हाल्दा र एक धड्कन लामो स्वास लिदाँ पनि छुट्टै मज्जा हुन्छ । त्यहि मज्जा लिन विकास मिडिया परिवार चन्द्रगिरी चढेको थियो । राजु पौडेल र धर्मराज अर्यालसँग समन्वय गरी तय गरिएको स्थान फाइन डाइनिङ रेष्टुरेन्ट झोला बिसाएर हामी भालेश्वर मन्दिर दर्शनमा निष्कियौं । जहाँ मान्छेको भीड लाग्छ, त्यो ठाउँ प्रदुशित हुन्छ । मन्दिरको दर्शन गर्न वा केबुलकार चढ्न वा प्राकृतिक वातावरणमा वा चन्द्रागिरी पहाडको टुप्पोमा मानवनिर्मित पूर्वाधारमा मनोरञ्जन लिन दैनिक सरदर २००० मानिस पुग्छन् । तर यो ठाउँमा फोहोर देख्नु पर्दैन । मानिसहरु वातावरण र परिवेश अनुसार कृया, प्रतिकृया जनाउँछन् । हामीले गोलाप्रथामा आधारित रमाइलो खेल खेल्ने क्रममा चौरमा कागजको टुक्रा खसाल्यौं । त्यसले फोहोर देखियो । हामीले ती टुक्रा टिपेर झोलामा हाल्यौं । चन्द्रागिरीको सुन्दरतामा आफूलाई उभ्याउनु, फोटो खिच्नु र सामाजिक सञ्जालमा राख्नु सबैको रुचिको विषय भैगो । तैपनि पिउन र पिलाउन, नाच्न र नचाउन हामीले धेरै समय बितायौं । स्वास्थ्यले चुनौति गरेपछि पृथराज थेगिमले ‘सोचे जति, चाहेजति’ इन्जोइ गर्न पाएनन् यस विधामा । फर्केपछि समिक्षा बैंठकमा उनले भने । प्रविधिको प्रयोगसँगै सार्वसाधारणमा गाउने कला र गला गुम्दै गएको छ । हाम्रो टिममा पनि त्यो कला र गला भएको साथी रहेनछन् । यशोदा पौडेलले नचाउने गीतहरु पेन ड्राइभमा लगेकी थिइन् । तर त्यहाँको साउण्ड सिस्टमको लागि पेन ड्राइभ काम नलाग्ने पुरानो प्रविधि भईसकेको रहेछ । इन्टरनेटमार्फत यूट्युवमा पहुँच सजिलो रहेछ । वाईफाई मज्जाले चल्दोरहेछ । २०७३ र २०७४ सालमा नेपाली सर्जक र गायकहरुले नचाउने गीत बनाएर यूट्यूवमा राखेकै छन् । त्यहि घन्काइयो र नाचियो । नाच्न त सबै नाचे तर यशोदा पौडेल र खेमराज श्रेष्ठले अछ्छा नाचे । नाच्न आनकानी गर्ने नरबहादुर कार्की र सन्दीप भट्टराईलाई आशिष ढुंगानाले काँधमा राखेर नचाई दिएपछि नाच्न लाज मान्ने सिर्जना थपलिया, रिचा दाहाल, मन्जरी पौडेल, शंकर अर्याल, शंकर तिमल्सिना, इन्द्र नगरकोटीलाई नाच्न रहर पनि लाग्यो, कहर पनि लाग्यो । वातावरण यस्तो बन्यो कि मदिरा सेवन नगर्ने नारायण पौडल मदिराको बोटल बोकेर नाच्न थाले । नपिए पनि मन्जरीले गिलासमा वाइन राखेर फोटो खिचाईन् । पहिलो पटक प्रकाशले वाईन चुस्की लगाए । पिउने पिलाउने मामलामा राजाराम न्यौपानेको पनि नयाँ पोल खुल्यो । फोटोमा दीपाश्री निरौलासँग चुम्बन गरेको फोटो खिचाएर आशिष र प्रकाशले हँसाउने र रिसाउने वातावरण बनाए । चुम्बन अभिनय गर्दा अंकमाल मिलाउन, ओठ मिलाउन, नाक मिलाउन आदेश दिदै परफेक्ट फोटो खिच्ने मन्जरी र यशोदाको वर्णनले कम्ता हसाँएनन् । बसमा फर्कदै गर्दा उक्त फोटो नै मजाकको विषय बन्यो । बसमा पछाडि बस्ने १५ जना पेट मिचिमिचि हस्दा अगाडि सिटमा बस्ने सिर्जना र रिचा रिसाएको पाइयो । शैली र शब्दमा गडबड भएछ । ड्राइभरसँग बस्ने इन्द्रले सुइकै पाएनन् । ‘हास्दा हास्दा मेरो दुबै गाला दुख्यो’ मैले मेरो दुःख सुनाए । ‘हास्दा हास्दा मेरो पनि गाला दुख्यो’ धेरैले भने । हामी विहान १० बजेदेखि रमाइलोमा जुटेका थियौ, साँझ साढे सात बजेसम्म निरन्तर हाँसोको फोहोरा चलिरह्यो । बसबाट ओर्लदा सबै साथीको एउटै भनाई रह्यो–‘यस पटकको भ्रमण अविस्मरणीय नै रह्यो, सोचेभन्दा धेरै रमाईलो भयो ।’ तर हामीले महत्वपूर्ण अवसर गुमायौं । चन्द्रागिरी हिल्सका अध्यक्ष तथा सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई हामीले त्यस कार्यक्रममा अथितिको रुपमा निमन्त्रणा गरेका थियौं । उनले निमन्त्रणालाई स्वीकार गरेका थिए । ढकाललाई सोध्न हामी १८ जनाले १८ वटा प्रश्न तयार गरेका थियौं । जीवन, सम्बन्ध, व्यवसाय, सफलता, राजनीति लगायत बहुविधामा प्रश्न तयार गरेका थियौं । उनी ढिलासम्म पनि अाइपुगेनन् । उनकाे खाेजी यति भयाे कि म्यू टावरमा चढेर दुरविन लगाएर हेरियाे । बाटाेमा अाउँदै गरेकाे पनि देख्न सकिएन । दिउँसो ३ बजेपछि फाेन गर्दा थाहा भयाे कि चितवनबाट काठमाडौं आउने फ्ल्लाइट डिले भएछ । हाम्रा १८ प्रश्न अनुत्तरित रहे । हामी रमाइलोमा झुमिरहदा चन्द्रागिरी हिल्सका सञ्चालक अम्बिकाप्रसाद पौडेल र महाप्रबन्धक अभिशेक बिक्रम शाह थोरै समय सहभागी भए । पौडेल नेपाल इन्भेष्टर फोरमका अध्यक्ष र उदाउँदा ठूला लगानीकर्ता पनि हुन् । यसै साता नेप्से ११० अंकले बढ्यो । विकासन्युजका सम्पादक बाबुराम खड्काले प्रश्न गरिहाले–‘सेयर बजार यू टर्न भएको हो ?’ ‘भालेश्वर मन्दिरमा आएर झुटो बोल्न भएन, सत्य बोल्नुपर्छ । यस मन्दिरमा तपाईहरु पनि एउटा वर माग्नुहोस्, त्यो पुरा हुन्छ । यो मेरो विश्वास हो ।’ उनले थपे–‘मेरो हिसावमा नेप्से बढेर १५०० छुन सक्छ, त्यसपछि बजार घट्न सक्छ ।’ हेक्का राखौं, भविष्यवाणीका आधारमा सेयर बजारमा गरिएको लगानी बढी जोखिमपूर्ण हुन्छ । विकास मिडियाको यस भ्रमणलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ।