डलरको भाउ १०७ रुपैंयाँ नाघ्यो, धनी बन्दै गरेका नेपाली गरिव हुँदै !

काठमाडौं । अमेरिकी डलरसंग नेपाली रुपैयाँ झनै कमजोर भएको छ । डलर महंगिएपछि नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ डलर बराबर १०७ रुपैयाँ ३५ पैसा बिक्री दर तोकेको छ । वैशाख सुरु भएयता डलर निरन्तर बलियो र नेपाली रुपैयाँ कमजोर हुदै गएको छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । एक महिनाको अवधिमा डलरसंग ३ रुपैयाँ ४ पैसा कमजोर भएको छ । गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । भारतीय अर्थतन्त्र कमजोर भई भारुको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग ) भएका कारण भारु कजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ ।   रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले बिहीबारका लागि १ डलर बराबर ६६.६९ भारु बिक्री मूल्य तोकेको छ । गत पुसको अन्तिमसाता भारु मजवुत भई १ डलर बराबर ६३ रुपैयाँ ४८ पैसामा झरेको थियो । अमेरिकाको वित्तीय नीति विस्तारकारी हुनुका साथै मौद्रिक नीति कसिलो हुदा विस्तारै पुँजी अमेरिकातर्फ जाँदा डलर मजवुत हुन थालेको राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा बताउछन् । अमेरिकामा लगानी फिर्ता आउन थालेपछि यसको असर भारतमा पर्दा भारु कमजोर हुदा नेपाली रुपैयाँ पनि अवमूल्यन भएको उनको तर्क छ । केही साताअघि अमेरिकाको फेडरल रिजर्भले ब्याजदर १.५ बाट बढाएर १.७ प्रतिशत पुर्याएपछि यसको असर भारुमा परेको हो । फेडरल रिजर्वले ब्याजदर बढाएपछि लगानीकर्ता अमेरिकातर्फ बढी आकर्षित हुदा विस्तारै डलर संचिती घट्दै गएपछि यसको असर भारुमा परेको राष्ट्र बैंकको भनाई छ । फेडरल रिजर्वले ब्याजदर बढाएपछि आरबीआईले पनि बढाउने संकेत गरेपछि लागत बढ्ने र यसको असर अर्थतन्त्रमा पर्ने अनुमानका आधारमा लगानीकर्ताले भारतबाट लगानी फिर्ता लैजान थाल्दा यसको असर देखिएको राष्ट्र बैंकको भनाई छ । डलर बलियो हुँदाका बेफाइदा विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृनिकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ ।

१८ बाणिज्य बैंकको नाफा २४ अर्ब नजिक, कुन बैंकको अवस्था कस्तो ?(सूचिसहित)

काठमाडौं । चालु आर्थिक बर्षको चैत मसान्त अवधीमा १८ वटा बाणिज्य बैंकहरुले २३ अर्ब ८८ करोड नाफा कमाएका छन् । २०७३ चैत मसान्तमा यीनै बैंकहरुले कमाएको भन्दा यो नाफा ३ अर्ब ८४ करोडले बढि हो । सो अवधीमा यीनै १८ वटा बाणिज्य बैंकहरुले जम्मा २० अर्ब ३ करोड नाफा कमाउन सफल भएका थिए । बैंकहरुले नाफा १९.१६ प्रतिशत वृद्धि गरेका हुन् । तेश्रो त्रैमासिकको वित्तिय विवरण सार्वजनिक गरेका १८ वटा बाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकले सबै भन्दा धेरै २ अर्ब ८३ करोड नाफा आर्जन गरेको छ । दोश्रो नम्बरमा नेपाल बैंकले २ अर्ब ५६ करोड नाफा आर्जन गरेको छ भने एक अर्ब ८० करोड नाफा कमाएर एभरेष्ट बैंकले तेश्रो स्थान सुरक्षित गरेको देखिन्छ । हिमालयन बैंकले १ अर्ब ६१ करोड नाफा कमाउँदा स्ट्याण्डर्ड चाटर्ड बैंकले १ अर्ब ५० करोड नाफा कमाउन सफल भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको लोभलाग्दो प्रगति, २८३ करोड नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले ३ महिनामा खुद नाफा १ अर्ब रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको हो । गत पुसमा बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैैंकले २ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । नेपाल बैंकको नाफा २५६ करोड चालु आर्थिक वर्षको ९ महिनामा नेपाल बैंकको नाफा सामान्य वृद्धि भएको छ । बैंकले चैत मसान्तसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ थियो । एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड  एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ जुन पुसमा २८.४१ रुपैंयाँ थियो । सिटिजन्स बैंकको नाफा १०० करोड सिटिजन्स बैंक इन्टरनेशनलको नाफा १०० करोड पुगेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १२ करोडले बढाएर १०० करोड पुर्याएको हो । बैंकको खराब कर्जा १.४६ प्रतिशत छ भने स्प्रेड दर ३.७४ प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर भने ११.१५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १६.७६ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १२९.५६ रुपैंयाँ रहेको छ । सिद्धार्थ बैंकको नाफा एक अर्ब २२ करोड सिद्धार्थ बैंकले ९ महिनामा आफ्नो नाफा २८.४२ प्रतिशतले बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । २०७३ चैत मसान्तसम्ममा ९५ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा २७ करोड रुपैंयाँ बढाएको हो । १.७१ प्रतिशतमा रहेको खराब कर्जालाई पनि घटाएर १.३१ प्रतिशतमा झारेको छ । सिद्धार्थ बैंकको प्रति सेयर आम्दानी २०.५२ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १४४.९५ रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकको नाफा ३ महिनामै ५६ प्रतिशतले वृद्धि लक्ष्मी बैंकले ३ महिनामै आफ्नो नाफा ५६.८६ प्रतिशतले वृद्धि गरेको छ । २०७४ पुस मसान्तमा ५१ करोड नाफा कमाएको बैंकले चैतमा ८० करोड पुर्याएको हो । २०७३ चैतमा भने बैंकको नाफा ५६ करोड थियो । बैंकको प्रति सेयर आम्दानी १३.६४ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १२६.३८ रुपैंयाँ रहेको छ । सानिमा बैंकले कमायोे १२० करोड नाफा सानिमा बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खुदनाफा २७ करोड रुपैयाँ बढाएको छ । २०७३ चैतमा ९४ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा एक अर्ब २० करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २० रुपैयाँ २२ पैसा रहेको छ ग्लोबल आईएमई बैंकको नाफा १४४ करोड ग्लोबल आईएमई बैंकले १४४ करोड नाफा कमाएको छ । बैंकले गत आर्थिक को चैत मसान्तसम्ममा १४८ करोड नाफा कमाएको थियो । बैंकले पछिल्लो ३ महिनामा भने खुदनाफा झण्डै ५० करोड रुपैयाँ बढाएको छ । गत पुस मसान्तसम्ममा बैंकले ९५ करोड रुपैयाँ खुदनाफा गरेको थियो ।  बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६७ पैसा रहेको छ । नेपाल एसबीआई बैंक बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेको छ । चालु आवको पुसमा बैंकले ९१ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो । गत आवको चैतमा बैंकले १ अर्ब १० करोड ४४ लाख रुपैयाँ नाफा गरेको थियो । जनता बैंकको नाफा ५७ करोड ५७ लाख चैत मसान्त अवधीसम्ममा बैंकले ५७ करोड ५७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३८ करोड १८ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ५९ पैसा छ । एनएमबी बैंकको नाफा बढेर १४१ करोड एनएमबी बैंकले चालु आर्थिक वर्षको चैतसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसाँ छ । स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा १५० करोड स्ट्याण्डर्ड चाटर्ड बैंकले ३ महिनामा नाफा ५० करोड रुपैयाँ बढाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । पुस मसान्त अवधीमा बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको थियो । २०७३ चैतमा भने बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको आधार ब्याजदर ७.२०, कर्जा र निक्षेप अनुपात ७६.४४, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ५.२३ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ १२ पैसा छ । सनराइज बैंकको नाफा ९ करोडले वृद्धि सनराइज बैंकको नाफा ९ करोडले वृद्धि भएको छ । २०७३ चैत मसान्तमा ८५ करोड नाफा कमाएको बैंकले २०७४ चैत मसान्तसम्ममा ९४ करोड नाफा आर्जन गरेको हो । सनराइज बैंकको खराब कर्जा १.४५ प्रतिशत छ भने आधार ब्याजदर ११.३४ प्रतिशत रहेको छ । बैंकको सीसीडी रेसियो ७७.९० प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी १५.५१ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३०.११ रुपैंयाँ रहेको छ । सेञ्चुरी बैंकको नाफा ३ महिनामै बढ्यो ९६ प्रतिशत सेञ्चुरी बैंकले ३ महिनामै ९६.८७ प्रतिशतले नाफा बढाएको छ । २०७४ पुस मसान्तमा ३२ करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ६३ करोड पुर्याएको हो । बैंकले २०७३ चैतमा ३१ करोड मात्रै नाफा कमाउन सफल भएको थियो । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ । हिमालयन बैंकले तीन महिनामै बढायो ५१ करोड हिमालयन बैंकले तीन महिनामै ५१ करोड नाफा बढाएको छ । २०७४ पुस मसान्तमा १ अर्ब १० करोड नाफा कमाएको बैंकले चैत मसान्तमा ५१ करोडले बढाएर १ अर्ब ६१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४६.३६ प्रतिशत नाफा बढाएको हो । हिमालयन बैंकले २०७३ चैत मसान्तमा १ अर्ब ५३ करोड नाफा कमाएको थियो । हिमालयन बैंकको प्रति सेयर आम्दानी २५.८१ रुपैंयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १६३.६१ रुपैंयाँ रहेको छ । प्राइम बैंकको नाफा ४२ प्रतिशतले वृद्धि प्राइम कमर्सियसल बैंकको नाफा ४२ प्रतिशतले बढेको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाएको बैंकले २०७४ चैतमा १ अर्ब १५ करोड पुर्याएको हो । यो अवधीमा बैंकको नाफा ३७ करोडले बढेको छ । पछिल्लो तीन महिनामा प्राइमले ५४ करोड नाफा बढाएको देखिन्छ । २०७४ पुस मसान्तमा बैंकको नाफा ७१ करोड थियो । बैंकको प्रति सेयर आम्दानी २०.८९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १३३.१२ रुपैंयाँ रहेको छ । बैंक अफ काठमाण्डूको नाफा अर्ब नजिक बैंक अफ काठमाण्डूले ९ महिनामा ९३ करोड नाफा कमाएको छ । २०७३ चैत मसान्तमा ८८ करोड नाफा कमाउन सफल भएको बैंकले २०७४ चैत मसान्तमा ९३ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी १७.५४ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १६२.७५ रुपैंयाँ रहेको छ । एनआइसी एसिया बैंक एनआइसी एसिया बैंकले चालु आवको नौ महिनामा ९२ करोड नाफा कमाउन सफल भएको छ । बैंकले गत आवको चैत मसान्त अवधीमा एक अर्ब १३ करोड नाफा कमाउन सफल भएको थियो । २०७३ चैतको तुलनामा बैंकको नाफा २१ करोडले घटेको देखिन्छ ।  

बीपीसीले सहायक कम्पनीबाट पायो ५५ करोड १० लाख नगद लाभांश

काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले गत वर्ष सहायक कम्पनीबाट मात्रै ५५ करोड १० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । बीपीसीले हिमाल पावर लिमिटेड, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनी लिमिटेडबाट सो रकम बराबरको लाभांश प्राप्त गरेको हो । ३ कम्पनीको लाभांशले गर्दा गत वर्ष बीपीसीले ६६ करोड ८० लाख रुपैयाँ खुदनाफा गरेको हो । यस मध्ये ४५ करोड रुपैयाँ सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्दैछ । बीपीसीले सबैभन्दा बढी लाभांश हिमाल पावरबाट पाएको छ । बीपीसीले हिमालबाट ५४ करोड ८७ लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा २ करोड रुपैयाँले बढी हो । ६० मेगावाटको खिम्ती आयोजनाको प्रवद्र्धक हिमाल पावरले सो वर्ष बिजुली बिक्रबाट ३ अर्ब १६ करोड रुपैयाँ खुदनाफा गरेको थियो । सोको १७ प्रतिशत लाभांश बीपीसीले पाएको हो । चालु आवमा हिमालबाट ४९ करोड ६० लाख रुपैयाँ नगद लाभांश प्राप्त गरेको छ । हिमालबाट ठुला रकम लाभांश वापत पाएपछि ६ महिनामा बीपीसीको नाफा ३५७ प्रतिशतले बढेर ५९ करोड ९२ लाख रुपैयाँ पुगेको छ । यस्तै हाइड्रो कन्सल्टबाट २३ लाख रुपैयाँ नगद र सोही बराबर बोनस सेयर प्राप्त गरेको छ । परामर्शदाता हाइड्रो कन्सल्टले १ करोड १४ लाख खुदनाफा गरेकोमा बोनस र नगद लाभांश गरी ४६ लाख रुपैयाँ पाएको छ । यस्तै जलविद्युत टर्वाइन निर्माता नेपाल हाइड्रोले ९ करोड ८४ लाख रुपैयाँ नाफा गरेको छ । लाभांश दिने अर्को कम्पनीमा नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक रहेको छ । उ बाट बीपीसीले ३५ लाख नगद लाभांश र ३५ लाख रुपैयाँको बोनस सेयर प्राप्त गरेको छ । यस्तै आगामी वर्षदेखि खुदी हाइड्रोपावर लिमिटेडबाट पनि लाभांश पाउने बीपीसीका अर्थ विभागका भाइस प्रसिडेन्ट राधेश्याम श्रेष्ठले बताए । बीपीसीले सहायक कम्पनीमार्फत ३७.६ मेगावाटको कावेली ए, ३० मेगावाटको न्यादी आयोजना निर्माण गरिरहेको छ । यस्तै चिनियाँ कम्पनीसंगको सहकार्यमा एससीआईजी इन्टरनेसन हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीमार्फत १०० मेगावाटको तल्लो मनाङ मस्र्याङदी र २ सय मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजनाको सर्वैक्षण अनुमति पाएको छ ।