अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्दै

काठमाडौं । संयुक्त राज्य अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । त्यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई निकाला गर्ने भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सन् २०१५ देखि अमेरिकामा बसोबार गर्दै आएका करिव ९ हजार नेपालीलाई फिर्ता गर्ने तयारी थालेको अमेरिकाको द वासिङट्न पोष्ट दैनिकको अनलाइन संस्करणमा उल्लेख गरिएको छ । सो अनलाइनले होमल्याण्ड सेक्युरिटिजका सचिव क्रिस्टजेन नेल्सनले फिर्ता जानका लागि १ वर्ष थप समय दिएको जानकारी दिएको छ । जसअनुसार आगामी वर्षको जुन २४, २०१९ सम्मको समय दिएको हो । विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।  २०७२ को विनासकारी भूकम्पको कारण देखाउँदै ३ वर्षअघि अमेरिकाले ‘अनडकुमेन्टेड’ अवस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएपछि हजारौ संख्यामा नेपाली बसोबार गर्दै आएका थिए । नेपालीहरु अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्दै आएका छन् । ७.८ म्याग्नीच्युटको भूकम्पबाट ९ हजार बढी नेपालीको ज्यान गएपछि अमेरिकी सरकारले नेपालीका आफन्तलाई त्यहाँ बस्न अनुमति दिएको हो । आप्रवासीलाई अमेरिकामा बस्न दिन नुहुने कडाधारका राष्ट्रपति ट्रम्पको यो निर्णयले नेपालीलाई समस्यामा पार्नेछ । अमेरिकाले २ लाख एलसाल्भडोर, ५० हजार हैटी र केही संख्यामा निकारागुवा र सुडानका नागरिकलाई देश निकाला गरिसकेको छ ।

अब न्युरोडमा स्मार्ट पार्किङ, पहिले नै बुकिङ गर्न सकिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पार्किङलाई व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माण गर्ने भएको छ । उक्त पार्किङ पहिलो चरणमा न्यूरोडमा निर्माण गरिनेछ । पहिलो चरणमा परीक्षणका रुपमा निर्माण गर्ने उक्त पार्किङको प्रभावकारिता हेरी अन्य स्थानमा निर्माण गरिने कामपा सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार यस किसिमको पार्किङ अत्यन्तै सुविधासम्पन्न हुन्छ, कोही व्यक्ति न्यूरोड जाँदै हुनुहुन्छ भने अन्य कुनै स्थानबाट पहिलेनै सवारी पार्किङका लागि स्थान सुनिश्चित गर्न सकिन्छ । कुनै कारणवस अन्य व्यक्तिले पहिलेनै बुक गरिसकेको भए सो स्थानमा सवारीसाधन पार्किङ गर्न लगेमा सवारीसाधन त्यस स्थानमा राख्न सकिने छैन । दर्ता गरेको सवारीको नम्बर सही छ वा छैन भनी सेन्सरले जाँच गर्ने भएकाले दर्ता भएको सवारीसाधन मात्र पार्क सर्न सकिन्छ । जुन सवारीसाधनको नम्बर दर्ता भएको छ उक्त सवारीसाधनले मात्र उक्त स्थानमा पार्किङको सुविधा लिन पाउने काफ्लेले जानकारी दिए । यस पार्किङ निर्माणबाट सहजरुपमा सवारीसाधनको व्यवस्थापन गर्न सकिने कामपाले विश्वास लिएको छ । न्यूरोडमा विशालबजार अगाडि रहेको खाली स्थानमा पार्किङ निर्माण गर्ने तयारी कामपाको छ । रासस

अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि राष्ट्र बैंकले बुधबार बजारमा २० अर्ब पठाउदैं

काठमाडौं । तरलतको अवस्था कम भएर अन्तर बैंक ब्याजदरले सीमा नाघेपछि नेपाल राष्ट्र बैंकले बुधबार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । केन्द्रीय बैंकले अल्पकालिन तरलताको समस्या समधान गर्न रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता कम भई अन्तर बैंक ब्याजदर बढेर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजार हस्तक्षेप गर्न सो रकम पठाउन लागेको हो । अधिक तरलता घटेर ११ अर्ब रुपैयाँमा सीमित भएपछि अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेको हो । राष्ट्र बैंकले लागु गरेको ब्याजदर करिडोर नीतिअनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि थप रकम बजारमा पठाएर हस्तक्षेप गर्दै आएको छ । २ साताका लागि बजारमा पठाउन लागेको सो रकमको ब्याजदर ५ प्रतिशत छ । रिपो खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले बैशाख २६ गते फिर्ता गर्नुपर्ने छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी १ खर्ब ३० अर्ब २५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत् ४२ अर्ब ३५ करोड, ब्याजदर करिडोर अन्तर्गतको चौध दिने निक्षेप संकलन बोलकबोलमार्पmत् ३ अर्ब १५ करोड, र रिभर्स रिपोमार्पmत् ८४ अर्ब ७५ करोडको तरलता प्रशोचन भएको छ ।