घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने सेवा तथा वस्तुको आयातमा रोक

काठमाडौं । सरकारले घरेलु अर्थतन्त्रमा नकारात्मक असर गर्ने सेवा तथा वस्तुहरुको आयातमा रोक लगाउने भएको छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम मार्फत आयातमा कडाई गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गरेको नीति तथा कार्यक्रममा भनिएको छ–आगामी आर्थिक बर्षदेखि जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने र घरेलु अर्थतन्त्रलाई नोक्सानी पुर्याउने बस्तु तथा सेवाको आयातमा रोक लगाउने नीति लिइनेछ ।’ सरकारले अब रक्सी, चुरोट, खैनी, मेकअपका समान, बिलासिताका सवारी साधन लगायतको आयातलाई प्रतिस्थापन गर्ने योजना अघि सार्न लागेको हो । आयात वृद्धि तथा निकासीमा भारी गिरावट आउन थालेपछि सरकारले घरेलु उद्योग संरक्षणका लागि यस्तो कदम चाल्न लागेको हो । आयातमा भएको वृद्धिले व्यापार घाटा चुलिएको छ ।

नगद भुक्तानी निषेध, बैंकबाट मात्रै पैसाको लेनदेन

काठमाडौं । सरकारले अब नगद भुक्तानीलाई निषेध गर्ने भएको छ । संसदमा प्रस्तुत गरिएको सरकारको नीति तथा कार्यक्रमले अब सबै खाले भुक्तानीहरुलाई बैंकिङ प्रणालीबाट मात्रै हुने व्यवस्था गर्ने योजना अघि सारेको हो । त्यस्तै, विभिन्न संघ संस्था र कोषहरुमा रहेको निष्कृय श्रोतलाई उत्पादन मुलक क्षेत्रमा लगाउने योजना पनि अघि सारिएको छ । सरकारले वित्तीय क्षेत्रका नियामक निकायहरुको नियामकीय क्षमता अभिवृद्धिका लागि पनि विशेष योजना ल्याउने बताएको छ । त्यस्तै, आगामी आर्थिक बर्षमा कृषि बीमा कार्यक्रमलाई अझै विस्तार गर्ने योजना पनि सरकारले अघि सारेको छ ।

संसदमा सरकारको नीति तथा कार्यक्रमः दुई छिमेकीसँगको असल छिमेक सम्बन्धमा विश्वास गर्छाै(लाइभ)

काठमाडौं । प्रतिनीधि सभा र राष्ट्रिय सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्ततु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनले सबैका लागि समानतासहितको आर्थिक समृद्धिको मार्ग चित्र अघि सारिएको बताइन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस  । दुबै छिमेकीसँगको असल छिमेक सम्बन्धमा सरकारले विश्वास राख्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति था कार्यक्रमले आगामी आर्थिक बर्षलाई समृद्धिको इतिहास रच्ने बर्ष बनाउने र भावी पुस्ताले सम्झने गरि विकास निर्माणका कामलाई अघि बढाइने लक्ष्य लिएको छ ।