किमजोङ उन र केपी ओली एकै दिन चीन भ्रमणमा, संयोग कि कम्युनिष्ट सहकार्यको रणनीति ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै दिन चीन भ्रमणमा उत्रिएका छन् । प्रधानमन्त्री ओली बेईजिङ उत्रिएकै दिन मंगलबार किमजोङ उन पनि अकस्मात रुपमा २ दिने भ्रमणका चीन आईपुगेका हुन् । ओली पाँच दिनसम्म चीनमा रहेछन् भने किमजोङ उन दुई दिन मात्रै चीन भ्रमण्मा रहनेछन् । चीनले विश्भरका बामपन्थी।कम्युनिष्ट सरकारहरुबीच रणनीतिक सहकार्यका लागि वातावरण बनाईरहेको छ ।लामो समयदेखि कम्युनिष्ट अधिनायकवादी शासन सञ्चालन हुँदै आएको उत्तर कोरियालाई पश्चिमा मुलुकहरुले नाका बन्दी लगाउँदै आएका थिए । उत्तर कोरियाले चीनकै सल्लाह अनुसार भर्खरै मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेर विश्व राजनीतिक मञ्चमा आफ्नो उपस्थिती देखाएका छन् । सो वार्तापछि नै उत्तर कोरियामाथी लगाइएको नाका बन्दी खुल्ला गर्न दबाव दिने चिनियाँ रणनीति रहेको बिश्लेषकहरुले बताएका छन् । किमजोङ उनले पछिल्लो तीन महिनामै तेश्रो पटक चीन भ्रमण गरेका हुन् । नेपालका प्रधानमन्त्री केपी ओली र उत्तर कोरियाका सर्वाेच्च नेता किमजोङ उन एकै पटक चीन भ्रमणमा पुग्नु संयोग हो वा चीनको रणनीतिक योजना ? यसको छिनोफानो भने एकाध दिनभित्रै लाग्नेछ । यस अघि पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उत्तर कोरियाको भ्रमण गरेका थिए । उनको भ्रमण रोक्न यरोपियन युनियन तथा अमेरिकी कुटनीतिज्ञहरुले प्रयास गरेका थिए । एकै पटक चीन पुगेका ओली र किमजोङ उनको भेट गराएर चीनले संसारभर कम्युनिष्ट सरकारहरुबीच सहकार्यको सन्देश दिन सक्ने सम्भावना रहेको छ । यद्यपी किमजोङ उन र केपी ओलीको एकै पटक सुरु भएको चीन भ्रमणका बारेमो चिनियाँ सञ्चार माध्यमहरुले भने अझैसम्म केहि बोलेका छैनन् । के भन्छन् नेकपाका नेता किम जोङ उन र केपी ओलीको एकै पटक भएको चीन भ्रमणलाई जोडर हेर्न नहुने चीनका लागि पूर्व नेपाली राजदुत तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य टंक कार्कीले बताए । ‘ओली र उनको भ्रमण कागताली मात्रै हो, यसमा गोरु बेचेको साईनो पनि छैन्, सिंगापुर वार्ताको उपलब्धिबारे छलफल गर्न उन अकस्मात रुपमा चीन पुगेका हुन, ओलीको भ्रमणमा तालिका अनुसार नै भएको हो ।’, कार्कीले भने । उनले चीनमा विश्व राजनीतिक घट्नाक्रमलाई नै प्रभावित पार्ने सिंगापुर वार्ताको उपलब्धि खोज्ने बताउँदै कार्कीले भने–‘उनले ट्रम्पसँगको वार्ताको उपलब्धि खोज्नेछन्, ओली भने द्धिदेशिय सम्बन्ध सुधार र विकास निर्माणमा सहकार्यको एजेण्डा बोकेर चीन पुगेका हुन, उनीहरुबिच भेट हुने सम्भावना छैन ।’ प्रधानमन्त्री ओलीले यथेष्ठ तयारी नगरि चीन भ्रमण गरेको पनि कार्कीले बताए । ओलीले अघिल्लो पटकको भ्रमणमा गरिएका सम्झौताहरुको कार्यान्वयनका लागि अहिलेको भ्रमणमा जोड दिने पनि कार्कीको ठम्याई छ ।  

एभरेष्ट फ्लोरिडा, न्यू समिट र यूनिभर्सल कलेज मर्ज हुँदै, कसकाे सेयर कति हुने ?

काठमाडौं । एभरेष्ट फ्लोरिडा, न्यू समिटि र यूनिभर्सल कलेज मर्ज हुने भएका छन् । तीन शैक्षिक संस्था मर्ज गर्न मर्जर समिटि गठन भई काम शुरु भएको छ । तीन शैक्षिक संस्थाको फरक फरक सामाथ्र्य मर्ज गरी राम्रो र बलियो शैक्षिक संस्था बनाउने उदेश्यले मर्जको तयारी भईरहेको स्रोतले बतायो । नयाँ बानेश्वरस्थित एभरेष्ट फ्लोरिडासँग सुविधा सम्पन भवन छ । न्यू समिट कलेजले त्रिभुवन विश्व विद्यालयबाट बीएससी/सीएचआईटी विषय अध्यापन गर्ने अनुमति पाएको छ । त्यस्तै, मैतिदेबीमा अवस्थित यूनिभर्सल कलेजले त्रिभुवन विश्वविद्यालयबाट बीबीए विषय अध्ययन गर्न अनुमति पाएको छ । ‘हामी मध्ये कसैसँग खास विषय पठाउने अनुमति छ तर उचित पूर्वाधार छैन, कोहीसँग उचित पूर्वाधार छ तर लाईसेन्स भएन । मर्ज हुँदा उचित पूर्वाधार पनि हुने भयो, पढाउने विषय पनि भयो’ एक कलेजको कार्यकारी प्रमुखले मर्जपछिको कलेजले पाउने सिनर्जीबारे बताए । पछिल्लो ६ वर्षयता विश्वविद्यालयहरुले नयाँ विषय अध्यापनको लागि अनुमति नदिएका कारण धेरै कलेजहरु क्षमता विस्तार गर्ने अवसरबाट बञ्चित भएको जानकारहरु बताउँछन् । एभरेष्ट फोरिडाबाट शिशिर उप्रेति, न्यू समिटबाट रामेश्वर अर्याल, यूनिभर्सलबाट शिवदत्त ज्ञवाली रहनेगरी मर्जर समिति बनेको छ । मर्जर समितिले तीन वटा कलेजबीच बराबर सेयर हिस्सा रहनेगरी मर्जरको स्वाप रेसियो तयार गर्दैछ । शैक्षिक संस्थाहरु मर्ज गर्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नभएकोले प्रक्रिया केही लामो भएको स्रोतले बतायो ।

वित्तीय क्षेत्रमा वेथितीः ३ % ब्याजमा पैसा उठाउँदै राष्ट्र बैंक, १२.५ % मा निक्षेप खोज्दै बैंक

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रमा फेरी एक पटक अस्वभाविक घट्नाक्रम उत्पन्न भएको छ । राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको बताउँदै पैसा उठाउन लागेको छ । बाणिज्य बैंकहरुले उच्च ब्याजदरमा निक्षेप आव्हान गरेका छन् । यति मात्र हैन बैंक बढी ब्याज दिने प्रस्ताव लिएर संस्थापक निक्षेपकर्ताकोमा पुगेका छन् । मंगलबार राष्ट्र बैंकले ३ प्रतिशत ब्याजदरमा १० अर्ब रुपैयाँ उठाउँदैछ । तर बैंकहरुले भने तरलता अभाव भएको बताउँदै १२.५ प्रतिशत ब्याजदरमा निक्षेप आव्हान गरिरहेका छन् । नियामक निकायले अधिक तरलता देखाउने तर बैंकहरुले तरलता अभाव भन्ने अवस्था किन आयो ? राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा भन्छनः “अधिक तरलताले अन्तर बैंक ब्याजदर घटेर २.९९ प्रतिशतमा झरेपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो ।” अन्तर बैंक ब्याजदर घटेपछि प्रणालीमा अधिक तरलता रहेको बुझाइ केन्द्रीय बैंकको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि पुगे केन्द्रीय बैंकले पैसा पठाउने र ३ प्रतिशत तल झेरमा बजारबाट पैसा तान्ने गर्दै आएको छ । उनकाअनुसार सोमबारसम्म बैंकिङ प्रणालीमा ४० अर्ब रुपैयाँ अधिक तरलता छ । ब्याजदर करिडोर अन्र्तगत केन्द्रीय अन्तर बैंक ब्याजदर ५ प्रतिशत नाघेपछि केन्द्रीय बैंकले बजारमा पैसा पठाउने र ३ प्रतिशत भन्दा कम भए बैंकबाट पैसा तान्ने गरिन्छ । राष्ट्र बैंकले अधिक तरलता हुदा अन्तर बैंक ब्याजदर घटेको भन्दै बजारमा पैसा तान्ने तयारी गर्दा बैंकहरु संस्थागत निक्षेपकर्ताबाट महंगो ब्याजमा निक्षेप उठाइ रहेका छन् । पछिल्लो समयमा केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर साढे १२ प्रतिशतसम्म पुर्याइसकेका छन् । साधारण वचतको ब्याजदर पनि बढेर ८ प्रतिशत नाघेको छ । केही बैंक मुद्धतिमा १४ प्रतिशत ब्याज दिने भन्दै निक्षेप तान्न कर्मचारी संचय कोष र नागरिक लगानी कोष पुगेका छन् । निक्षेप बढाउन बैंकले महंगो ब्याददरमा निक्षेप उठाउन बढी ब्याजदर प्रस्ताव गरिरहेको छ । बढी ब्याज दिने आकर्षक योजना लिएर बैंक निक्षेप लिन आएको कर्मचारी संचय कोषका प्रशासक तुल्सी गौतमले बताए । “यो ब्याजदर धेरै भएकाले १२ प्रतिशत भन्दा बढी हुदैन भन्ने हाम्रो मान्यता हो” उनले भने “नेपाल वायुसेवा निगमलाई ८ अर्ब रुपैयाँ ऋण दिनुपर्ने भएकाले तत्काल बैंकमा ऋण लगानी गर्ने पैसा छैन् ।” वाणिज्य बैंकहरुले ब्याजदर १२ प्रतिशत प्रस्ताव गरेको नागरिक लगानी कोषको कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । सबै बैंकलाई समानुपातिक रुपमा निक्षेप रकम दिएको उनको भनाई छ । यता सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुल्सिराम गौतम केही बैंकलाई तरलताको अवस्थामा सहज भएपनि अधिकाँशलाई समस्या देखिएको बताउछन् । “निक्षेप बढाउन व्यक्तित मुद्धतिमा साढे १२ प्रतिशतसम्म ब्याज दिएर रकम उठाउदै छौं” उनले भने “तरलताको अवस्था सहज भएको भए यति महंगो ब्याजदरमा निक्षेप उठाउनु पर्ने थिएन् ।” तरलताको समस्यालाई समग्रता हेरिनु पर्ने उनी बताउछन् । ब्याजदर करिडोर नीतिअनुसार केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता अधिक भए विभिन्न वित्तीय औजारमार्फत प्रशोचन र कम भएमा रिपोमार्फत बजारमा पठाउने गरेको छ ।