२० प्रतिशत घटेपछि मात्रै मार्जिन कल, प्राथमिक पुँजीको २५ प्रतिशत कर्जा सेयर बजारमा

काठमाडौं । सेयर बजार २० प्रतिशत भन्दा बढी घटेमा बैंकले लगानीकर्तालाई ऋण तिर्न (मार्जिन कल) गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा २० प्रतिशतसम्म सेयर बजार घट्दा बैंक तथा वित्तीय संस्थाले मार्जिन कल गर्न नपाउने र सो भन्दा बढी भएमा मात्र पाउने व्यवस्था गरेको हो । यसले लगानीकर्तालाई केही राहत मिलेको छ । यस्तै वाणिज्य बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत सेयर कर्जा दिन पाउने सीमालाई घटाएर २५ प्रतिशतमा झारेको छ । यसले लगानीकर्तालाई भने निरास बनाएको छ । सेयर धितो कर्जा सीमा ५० प्रतिशत कायम राखिएको छ ।

कर्जा विस्तार २० प्रतिशतमा सीमित गरिने, सीआरआर ४ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा कर्जा विस्तार २० प्रतिशतमा सीमित गर्ने भएको छ । यस्तै रिपो दर यथावत राखेको छ भने सीआरआर सबैलाई ४ प्रतिशत कायम गरिएको छ ।

२५ वाणिज्य बैंकको चुक्ता पुँजी पुग्यो, १ को नपुग्ने

काठमाडौं । २८ मध्ये २५ वाणिज्य बैंकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याएका छन् । यी मध्ये २ वटा बैंकले पुर्याउँदै छन् भने १ बैंकले नपुर्याउने देखाएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले २८ वाणिज्य बैंकको कुल चुक्ता पुँजी २ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको जानकारी दिए । १६२ बैंक तथा वित्तीय संस्था मर्जर र प्राप्ति प्रक्रियामा सहभागी भई ४१ कायम भएका छन् ।