विद्युत प्रणाली २२० केभीमा स्तरोन्नती, ढल्केबर–मुज्जफपुरबाट २५० मेगावाटसम्म बिजुली प्रवाह हुने

काठमाडौं । नेपालको विद्यत प्रणाली पहिलो पटक २२० केभी क्षमतामा विस्तार भएको छ । १३२ केभी क्षमताबाट स्तरोन्नोती भई २२० केभीमा विस्तार भएको हो । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको हो । यो लाइनबाट अब २५० मेगाावट बिजुली प्रवाह हुनेछ । नेपालले २५० मेगावाट बिजुली भारत पठाउने र ल्याउन सक्ने गरी संरचना तयार भएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीले जानकारी दिए । धनुषाको ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ चार्ज गरिएको छ । यस्तै १६० एमभीएको ट्रान्सफर्मर आईतबार चार्ज भएपछि २५० मेगावाट बिजुली प्रवाह हुने उनको भनाई छ । हाल १३२ केभीमा चार्ज गर्दा १४५ मेगावाट बिजुली प्रवाह भइरहेको छ । चीनको सीसीपीजीसंग ठेक्का तोडिएपछि आयोजना केही समय अन्यौलमा फसेको थियो । बाँकी काम भारतको टेल्मसले पावर ट्रान्सफरमर आपूर्ति र जडानका लागि एम्कोले सम्पन्न गरेको हो । यस्तै बिजुली प्रवाह क्षमता साढे २ सयबाट ५०० मेगावाट पुर्याउन थप ट्रान्सफरमर जडानको काम सुरु हुन लागेको छ । आगामी २ वर्ष भित्र १ हजार मेगावाट बिजुली प्रवाह हुने गरी आवश्य संरचना विस्ताको काम सुरु भइसकेको उनले जानकारी दिए । यसका लागि ठेक्काको काम पनि शुरु भएको छ । अन्तरदेशिय प्रसारणलाइनलाई ४०० केभी क्षमतामा स्तरोन्नोती गरेपछि १ हजार मेगावाट बिजुली आयात र निर्यात गर्न बाटो खुला हुनेछ । ढल्केबर सवस्टेशन २२० केभीमा चार्ज भएपछि भारतको मुज्जफपुरमा पनि सोही प्रणाली सञ्चालन गर्नका लागि प्राधिकरणको प्राविधिक टोली त्यहाँ जाने भएको छ । ४ दिनको काम बाँकी रहेको उनले जानकारी दिए । आगामी वर्ष ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाबाट बिजुली उत्पादन भएपछि वर्षामा बढी भएको ऊर्जा भारतमा र हिउँदमा आयात हुने गरी ऊर्जा बैंकिङको काम यो प्रसारणलाइनबाट हुने अधिकारीले बताए । ऊर्जा बैकिङका लागि भारत सहमत भइसकेको छ । यो प्रसारणलाइन पुर्ण क्षमतामा सञ्चालन नहुँदा विद्युत प्राधिकरणले वर्षको १ अर्ब ८ करोड रुपैयाँ प्रसारणलाइन शुल्क (ह्लिङ चार्ज) तिर्नुपरेको छ ।

पूर्व परराष्ट्र मन्त्री प्रकाशचन्द्र लोहनीलाई कतारले भिसा नदिएपछि……

विदेश भ्रमण गर्न मसँग हरियो पासपोर्ट छ र म यही प्रयोग गर्दछु। अमेरिका जादा मा दोहा जान्छु र त्यहाँ १० घण्टा कुरेपछि कतार बिमान कम्पनी बाट उड्छु। यो दस घण्टा भने कतारको विमानस्थलमा अल्पकालीन ट्रान्जिट भिसा लिएर सहर को होटेलमा बस्न दिन्छ। यसपटक पनि अमेरिकाबाट दोहा आएर होटेलमा आराम गर्ने अल्पकालीन ट्रान्जिट भिसा मागे। तर कतारको अध्यागमनले स्वीकृति दिएन मलाई अचम्म लाग्यो। कतार बिमानको सुपरभाईजरसंग सोधे मलाई मा १५ घण्टा कतार बिमान को यात्रा पछि ५ घण्टा सहर को होटेल मा बस्ने किन भिसा नदिएको ? उ सँग उत्तर थिएन। अध्यागमनले आफ्नो लागेको गर्छ हाम्रो केहि लाग्दैन भने । अध्यागमनको हाकिमलाई भेट्न अनुरोध गरे। त्यो पनि मिलेन र बाध्य भएर १० घण्टा एउटा मेचमा बिताए् कतार नेपाल को धेरै नजिक को मित्र हो। सानो तर सम्पन्न यो राष्ट्र ले हजारौ नेपालीलाई रोजगारी दिएर नेपाली प्रति मित्रता र गुन लगाएको छ भने नेपाली कामदारले पनि इमान्दारी र लगनशीलताका साथ आफ्नो काम गरेका छन् । दुई देशबिच येति राम्रो सम्बन्ध हुदा पनि १० घण्टाका लागि ट्रान्जिट भिसा नदिएको देख्दा दुःख लग्यो। मलाई लाग्छ हरियो पासपोर्टमा यात्रा गर्ने म जस्ता सर्ब साधारण नेपालीले यो महसुस गरेको हुनुपर्छ। यसमा हाम्रो पररास्ट्र मन्त्रीजीको ध्यान जाओस।

लगानीकर्ताले पाए ३३ अर्ब २ करोड बोनस सेयर, हेर्नुस कुन कम्पनीले दिए कति ? (सुचीसहित)

काठमाडौं । चालु आर्थिक वर्ष ०७४/०७५ को साउनयता नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत विभिन्न क्षेत्रका १०९ कम्पनीले लगानीकर्तालाई ३३ अर्ब २ करोड ५९ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका छन् । ती कम्पनीले लगानीकर्तालाई ३३ करोड ८० लाख ७८ हजार कित्ता बोनस सेयर वितरण गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर दिएका छन् । कम्पनीको बोनस सेयर नेप्सेमा सुचिकरण भई कारोबार समेत भइसकेको छ । अधिकाँश कम्पनीले अघिल्लो आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका हुन् । बोनस सेयर वितरण गर्नेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी छन् । यस्तै जलविद्युत, होटल र उत्पादनमुलक कम्पनीले पनि लगानीकर्तालाई बोनस सेयर दिएको बोर्डले जानकारी दिएको छ । (विवरण हेर्नको लागि यसमा क्लिक गर्नुहोस) यो बोनस सेयर मात्र हो । लगानीकर्तालाई कम्पनीले बोनसका अतिरित्त अर्बौ रुपैयाँ नगद लाभांश पनि वितरण गरेका छन् । बैंक तथा वित्तीय संस्थाले चुत्तापुँजी बढाउन लगानीकर्तालाई बोनस सेयर वितरण गरेका हुन् । बैंकले न्युनतम चुत्तापुँजी पुर्याएकाले आगामी वर्षदेखि लगानीकर्ताले बोनस सेयर पाउने संभावना न्युन छ । आगाामी वर्ष लगानीकर्तालाई बोनस भन्दा पनि नगद लाभांश वितरणको संभावना बढी छ । सबैभन्दा बढी बोनस सेयर दिनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले लगानीकर्तालाई गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११४ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले १००, कालिका लघुवित्त विकास बैंकको ६५, महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ५० र एभरेष्ट बैंकको ३३ प्रतिशत बोनस सेयर सुचिकृत भएको हो । अधिकाँश कम्पनीले औसत २० प्रतिशत हारहारीमा बोनस सेयर दिएका छन् । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउन बोनस सेयर वितरण गरेका छन् ।नेपाल क्रेडिट एन्ड कमर्श(एनसीसी) बैंक, एनएमबी बैंकको बोनस सेयर सुचिकृत हुन बाँकी छ ।