भारतले भन्यो- नेपालमा पानी जाहाज ल्याउन कोसी भन्दा नारायणी नदी उपयुक्त, सोमबार समझदारी हुँदै

<p>काठमाडौं । हिन्द महासागरबाट पानी जाहाज ल्याउन सबैभन्दा उपयुक्त नारायणी नदी देखिएको छ ।  नारायणीमा पानीको बहाव बढी हुनुका साथै साँघुरो र बढी गहिराइ भएकाले पानी जाहाज चलाउन उपयुक्त देखिएको भारतीय प्राविधिक टोलीको एक अध्ययनले देखाएको छ । हिन्द महासागरबाट नेपालमा पानी जाहाज चलाउने विषयमा दुई देशका अधिकारीबीच आइतबार भएको छलफलमा भारतीय पक्षले कोशीको तुलनामा [&hellip;]</p>

काठमाडौं । हिन्द महासागरबाट पानी जाहाज ल्याउन सबैभन्दा उपयुक्त नारायणी नदी देखिएको छ ।  नारायणीमा पानीको बहाव बढी हुनुका साथै साँघुरो र बढी गहिराइ भएकाले पानी जाहाज चलाउन उपयुक्त देखिएको भारतीय प्राविधिक टोलीको एक अध्ययनले देखाएको छ ।

हिन्द महासागरबाट नेपालमा पानी जाहाज चलाउने विषयमा दुई देशका अधिकारीबीच आइतबार भएको छलफलमा भारतीय पक्षले कोशीको तुलनामा जाहाज चलाउन नारायणी नै उपयुक्त देखाएको वार्ता टोलीका प्रमुख तथा जल तथा ऊर्जा आयोगका सहसचिव माधव वेल्वासेले बताए ।

जल यातायात सञ्चालनका विषयमा कोसी र नारायणी नदीका केन्द्रीत भएर छलफल हुँदा कोसीको फैलावट बढी भएको र गहिराइ कम भएकाले त्यति सम्भव नदेखिएको उनको भनाई छ । कोसीमा पानीको बहाव राम्रो छ तर नारायणी साँघुरो र बढी गहिराइ देखिएकाले भारतको प्राविधिक टोलीले बताएको उनले जानकारी दिए । जाहाज सञ्चालन गर्न जति गहिराइ भयो त्यति सहज हुने उनको भनाई छ ।

जल यातायातको विषयमा सोमबार समझ्दारीपत्र (एमओयु) मा हस्ताक्षर हुने उनले जानकारी दिए । एमओयुको मस्यौदा तयार भएपनि सहमति हुन बाँकी रहेको वेल्वासेको भनाई छ । वेल्वासे र भारतका जल यातायात प्राधिकरणका उपाध्यक्ष प्रविर पाण्डले नेतृत्व गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला हिन्द महासागरबाट नेपालमा पानी जाहाज सञ्चालन गर्ने विषयमा दुई देशबीच सहमति भएको थियो । त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल समुद्रसंग जोडिएको उद्घोष गरेका थिए । पानी जाहाज सञ्चालनमा आएमा वस्तु आयात र निर्यात लागत घट्ने देखिएको छ ।हाल कोलकोता बन्दरगाहमार्फत सामान आयात निर्यात भइरहेको छ । यो बन्दरगाह नेपालका लागि धेरै खर्चिलो भएको छ ।

Share News