रेमिटलीबाट पठाएको पैसा अब सिधै आइएमई पे वालेटमा
काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटली र आइएमई पे वालेटबीच सम्झाैता भएकाे छ । याे सम्झाैतासँगै रेमिटलीबाट पठाइएको रेमिट्यान्स अब नेपालीले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्नेछन् । ग्राहकहरुलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरुले पठाएको रकम बिना झन्झट् प्राप्त गर्न मिल्ने उदेश्यका साथ विस्तार गरिएको आइएमई पेले बताएकाे छ ।
इसेवाले महिला उद्यमीसँग व्यवसाय सहकार्यमा ३ महिना छुट दिने
काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाले नारी दिवसको अवसरमा नारी लक्षित विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफर अन्तरगत महिला उद्यमीहरूले सञ्चालन गरेका व्यवसायहरूमा इसेवासँग सहकार्य गर्दा इन्ट्रिगेशन शुल्क लाग्ने छैन । यस अफरमा कुनै पनि महिला उद्यमीले सञ्चालन गरेको व्यवसायमा इसेवासँग इन्ट्रिगेशन गर्दा तीन महिनासम्म सम्पर्क राखेमा कहिल्यै पनि इन्ट्रिगेशनको शुल्क नलाग्ने कम्पनीले बताएकाे छ । यस अफरमा सहभागि हुन नारीहरुले तीन महिनााभित्र इसेवामा सम्पर्क गर्नुपर्नेछ । यसैगरी नारी दिवसको दिन अर्थात् फागुन २४ गते बुधबारको दिन नारीहरुले इसेवा मार्फत एनटिसी तथा एनसेल मोबाईलको टपअप गर्दा फ्ल्याटमा १० प्रतिशत क्यासब्याक पाउने व्यवस्था इसेवाले मिलाएको छ । यसको लागि ग्राहकले टपअप गर्दा प्रोमोकोड नारी (NAARI) प्रयोग गर्नुपर्नेछ ।
ईपिएस कोरियाको शुल्क ‘आइएमई पे’मार्फत भुक्तानी गर्न सकिने
काठमाडौं । आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तर्गत ईपिएस कोरिया शाखाबीच सम्झौता भएको छ । सम्झौता अनुसार ईपिएस कोरिया शाखा मार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखाले नेपाली श्रमिकहरुलाई कोरिया पठाउँदै आएको छ । सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने छ ।