ग्लोबल आइएमई बैंकको बचत खातामा मुद्दतीको प्रतिफल पाइने
काठमाडौं । ग्लोबल आइएमई बैंकको एउटै खातामा बचत र मुद्दती दुबैको प्रतिफल पाइने भएको छ । बैंकले सञ्चालनमा ल्याएको सोचे जस्तै बैंक खाता अन्तर्गत ग्राहकले उक्त प्रतिफल पाउने भएका हुन् । बैंकले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकलाई उक्त खाता सञ्चालनमा ल्याएको हो । बैंकले ल्याएको नयाँ खातामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम् रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतिमा स्वतः परिणत हुन सक्नेछ । यसका साथै, सोचे जस्तै बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् । साथै, लकर सुविधा लिदा पहिलो एक वर्षको लागि ५० प्रतिशत छुट पनि समावेश गरिएको छ । ग्राहकहरुमा नियमित बचत गर्ने बानिको विकास गर्ने अभिप्रायले बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी समयसमयमा यस्ता योजनाहरु ल्याउने गरेको छ । ग्लोबल आइएमई बैंक ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने
काठमाडौं । नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको हाे । उक्त्त फन्ड मार्फत बैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपालपे इन्स्टन्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिने कम्पनीले जनाएकाे छ । कम्पनीले नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा राखेकाे बताए । नेपालपे इन्स्टन्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्रने कम्पनीले जनाएकाे छ । नेपालपे इन्स्टन्टमा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सकिनेछ । कनेक्ट आइपिएसका साथै नेपालपे इन्स्टन्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि रहेकाे कम्पनीले जनाएकाे छ । एनपीएस अन्तर्गत इन्ट्रोपरएबल फण्ड ट्रान्स्फरको लागि लागू गरिएका नेपालपे इन्स्टन्टले विभिन्न उपकरण तथा नेटवर्क बीच अन्तरआबद्धता कायम गर्न सम्भव भएको छ । साथै, सम्पूर्ण कारोबर रिटेल पेमेन्ट स्विच मार्फत प्रोसेस हुने व्यवस्था सहित सञ्चालनमा रहेको छ ।
आइएमईको ‘७ मा ७’ अफर, बैशाखभर लागू हुने
काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका दरले सात प्रदेशका ७ जना गरि ४ हप्ताका कुल २८ भाग्यशाली विजेताहरुलाई उपहार स्वरुप जनही नगद ७ हजार रुपैयाँ प्रदान गरिने छ । उक्त योजना २०८० बैशाख १ गते देखि ३१ गतेसम्मका लागि सञ्चालन हुनेछ । विदेशमा रहेका नेपालीले आइएमई वा आइएमईका साझेदारहरु मार्फत पठाएको रकम आइएमई पे, बैंक डिपोजिट तथा आइएमई एजेन्टहरूबाट प्राप्त गरि यस योजनामा सहभागी हुन सक्नेछन् । योजना अवधिभर ७ प्रदेशबाट २८ जना भाग्यशाली विजेताहरूको घोषणा सिस्टममा आधारित लक्की ड्र मार्फत गरिनेछ ।