सिटिजन्स बैंकका ग्राहकलाई जामुनी अटो सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक र जामुनी अटो सेन्टरबीच समझदार भएको छ । सिटिजन्स बैंक र जामुनी अटो सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझाैताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा २५ हजारसम्मको आकर्षक छुट पाइने कम्पनीले जनाएकाे छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ । लघुवित्तको १५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता १ हजार २४७.८३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

एसबीआई क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच सम्झौता

काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ । उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले हस्ताक्षर गरेका छन् । दुई संस्थाबीचकाे सम्झाैताकाे लक्ष्य परियोजनामा लगानी, सिन्डीकेसन, प्राजेक्ट अप्रेजल र नेपालमा अन्य वित्तीय परामर्श सेवाहरु लगायतका विविध सम्भावित अवसरहरुको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, संचालन र कार्यान्वयन गर्नु आदि रहेको छ ।