निक्षेप दाबी गर्न क्रिष्टल फाइनान्सको आह्वान

काठमाडौं । क्रिष्टल फाइनान्सले निक्षेप दाबी गर्न आह्वान गरेको छ । कम्पनी खारेज प्रक्रियामा रहेकाले फाइनान्समा जम्मा गरिएको निक्षेप दाबी गर्न कम्पनीले आग्रह गरेको हो । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति, संघ तथा संस्थाहरुले १५ दिन आफ्नो लिन बाँकी निक्षेप भुक्तानी दावी पेश गर्न कम्पनीले अनुरोध गरेको हो । निक्षेप दाबी गर्दा निक्षेपकर्ताको खातामा रहेको नाम, निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत (खाता खोल्दा वखतको), नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, कम्पनी, संघ तथा संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाण पत्रको प्रतिलिपी र नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधी बमोजिमको अन्य आवश्यक कागजातहरु र फोटो पनि पेश गर्नुपर्ने बताएको छ । पुनरावेदन अदालत, पाटनले वि.सं. २०७२ कात्तिक २० गतेको फैसला र वि.सं. २०७७ पुस १२ गतेको आदेशानुसार दामासाही सम्बन्धी ऐन, २०६३ को दफा ३७ (१) बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स खारेजीको प्रक्रियामा छ । दामासाही सम्बन्धी ऐन, २०६३ को दफा २२ को उपदफा (१) को खण्ड (ख) बमोजिम कम्पनीलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाई १५ दिनभित्र आफनो ऋण दाबी पेश गर्न यस अघिनै सूचना जारी गरिसकेको कम्पनीले जनाएको छ ।

आइएमई पेले सार्वजनिक गर्यो क्युआर भुक्तानी गर्ने नयाँ अभियान

काठमाडौं । आइएमई पेले क्युआर भुक्तानी गर्नेलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियान अन्तर्गत आइएमई पेबाट पहिलो पल्ट क्युआर कोड स्क्यान गरी भुक्त्तानी गर्नु हुने ग्राहकवर्गले फ्रष्ट क्युआर प्रोमोकोड प्रयोग गरी २५ क्यासब्याक प्राप्त गर्नेछन् । सो क्यासब्याक ग्राहकहरुलाई क्युआर भुक्त्तानी गर्न प्रेरित गरी विद्युतीय भुक्त्तानी गर्न प्रोत्साहन गर्न र साथै वित्तिय साक्षरता प्रदान गर्ने उदेश्यले सुचारु गरिएको हो । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसनद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो।

आइएमई पेबाट विभिन्न इन्स्योरेन्सको बीमा नविकरण गर्दा सतप्रतिशत क्यासब्याक

काठमाडौं । अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।  ग्राहकले आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो सेवा अन्तर्गत ‘आइएमई पे’मार्फत  आइएमई लाइफ, एसीयन लाइफ, अजोड इन्स्याेरेन्स लगायत अन्य विभिन्न इन्स्याेरेन्स कम्पनीहरुको बीमा पोलिसी नविकरण गर्न सकिनेछ । यसका साथै, नयाँ वर्ष २०८० को उप्लक्ष्यमा आइएमई पे मार्फत आफ्नो बीमा पोलिसी नविकरण गर्ने ग्राहकले १००५ क्यासब्याक प्राप्त गर्ने मौका पनि पाउने कम्पनीले जानकारी दिएकाे छ ।