प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलको विभिन्न सेवामा छुट

काठमाडौं । प्रभु बैंक र सौभाग्य हस्पिटलबीच सम्झौता भएको छ । प्रभु बैंक र कैलालीको सौभाग्य हस्पिटलबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्र रत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेश राज जैसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । बैंक र सौभाग्य हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार बैंकका ग्राहकले सौभाग्य हस्पिटलमा ओपिडी परीक्षण सेवामा १५ प्रतिशत छुट हुने भएको छ । साथै प्याथोलोजी, एक्स्–रे, युएस्जी, एन्डोस्कोपी, नर्मल बेड, एच्डीयु बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आइसीयुरएन्आइसीयु सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट पाइनेछ । सम्झौता अनुसार सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरमा बैंकका ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, सौभाग्य हस्पिटल एण्ड रिसर्च सेन्टरका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था छ ।

यूनाइटेड इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आगामी बैशाख २५ गते विशेष साधारण सभा आव्हान गरेको छ । इन्स्योरेन्सले सो दिन बिहान ११ बजे काठमाडौंको शंखमुलस्थित अनमोल ब्याङ्गकेटमा उक्त सभा बोलाएको हो । सभाले अजोड इन्स्योरेन्ससँग मर्जरमा जाने कम्पनीको प्रस्तावलाई पारित गर्दै छ । दुई इन्स्योरेन्स बराबर हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियो अनुपातमा मर्जरमा जान लागेका हुन् । त्यस्तै, उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी बैशाख १३ गते बुक क्लोज गर्ने भएको छ ।

समृद्धि फाइनान्सले ल्यायो ग्यास किन्दा क्यास पाउने योजना

काठमाडौं । समृद्धि फाइनान्सले ‘ग्याससँगै क्यास योजना’ नामक नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । जसमा समृद्धि फाइनान्सको मोबाइल बैंकिङ्गको क्युआर प्रयोग गरी ग्यासको खरिद बिक्री कारोबार गर्दा प्रति सिलिन्डर क्रेताले ५० र विक्रिेताले १० रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन । त्यस्तै, पानी बचतको बानी योजना अन्तर्गत प्रत्येक पानिको जार खरिद गर्दा खरिदकर्ताले ५ रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन । उक्त योजना सिमित अवधिको लागि हुने फाइनान्सले जनाएको छ ।