९ हजार बढी बीमितले त्यागे एक अर्ब बढीको बीमा पोलिसी
काठमाडौं । जीवन बीमा गर्दै आएका बीमितहरुले धमाधम पोलिसी त्यागेका छन् । गत चैतसम्ममा मात्रै ९ हजार ३५८ जना बीमितले एक अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी पोलिसी त्याग्नेमा नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरु रहेका छन् । गत साउनदेखि चैतसम्ममा नेपाल लाइफका २ हजार ६९८ जना बीमितले ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमापोलिसी सरेन्डर गरेका छन् । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को १८ करोड ३७ लाख, राष्ट्रिय बीमा संस्थानको १० करोड ५६ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको १० करोड ४८ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ । यी तीन कम्पनीका क्रमशः १५५५, १४२३ र ५२१ जना बीमितले तोकिएको समयअघि नै पोलिसी रोकेका हुन् । समीक्षा अवधिमा सबैभन्दा कम बीमा पोलिसी सरेन्डर हुनेको सूचीमा सन नेपाल लाइफ रहेको छ । इन्स्योरेन्सका ३१ जना बीमितले कूल ३२ लाख रुपैयाँ बराबरको बीमालेख सरेन्डर गरेका छन् । यस्तै, नेशनल लाईफ इन्स्योरेन्सको ७ करोड ७३ लाख, मेट लाइफको ५ करोड ५८ लाख, एशियन लाइफको ४ करोड २२ लाख, गुराँस लाइफको ७ करोड ८६ लाख, प्राइम लाइफको २ करोड ८३ लाख, आइएमई लाइफको १ करोड २४ लाख, युनियन लाइफको २ करोड ३२ लाख, रिलायबल नेपाल लाइफको ७५ लाख, सिटिजन लाइफको १ करोड ३४ लाख, प्रभु लाइफको ५४ लाख र महालक्ष्मी लाइफको ७१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका छन् ।
कामना सेवाका ग्राहकलाई कपाल प्रत्यारोपण गर्न ४५ प्रतिशतसम्म छुट
काठमाडाैं । कामना सेवा विकास बैंक र एरोजिन हेल्थ केयर एण्ड रिसर्चबीच सम्झौता सम्पन्न भएको छ । बैंक र हेल्थ केयरबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झाैता भएकाे हाे । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध ग्राहकहरुले काठमाडौंकाे विशालनगरस्थित एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमामा ४५ प्रतिशतसम्मको छुट, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्मकाे छुट पाउनेछन् । यति मात्र नभएर ग्राहकले डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा ५ प्रतिशतसम्म, ल्याब सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुटहरु प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा
काठमाडौं । नेपाल बैंकको नयाँ शाखा सुर्खेतमा स्थापना गरेको छ । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगरमा नयाँ शाखा स्थापना गरेको हो । मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिबन काटी तथा ताम्रपत्र अनाबरण गरि शाखा समुद्घाटन गरेका हुन् । उक्त समाहरोह नेपाल बैंक सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको थियो । कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय राज कुमार शर्मा प्रमुख अतिथि रहेका छन् । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय खड्क बहादुर पोखरेल विशिष्ठ अतिथिको रुपमा रहेका थिए ।