सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ सम्पन्न
काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबारको दिन शान्तिनगरमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवसको दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपि सम्पन्न भएको छ । उक्त बैंकले यस अघि नै देशका विभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ । हाल, सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ७२ हजार ग्राहकवर्गलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सिभिल लघुवित्तद्धारा पिडितको ऋण मिनाहा तथा बिमा दाबी रकम भुक्तानी
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था शाखा कार्यालय विरुवागुठी, पर्साले बिमा दावी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला बिरगंज महानगरपालिका रहेको केन्द्र नं. ३३ कि सदस्य श्रीमति लालकुमारी देवीको मृत्यू पश्चात निज सदस्यको श्रीमान् अर्जुन हजरा दुसादलाई बिमाको क्षतिपुर्ति रकम उपलब्ध गराईएको हो । सदस्य श्रीमति लालकुमारी देवीले संस्थाबाट २ लाख ५० हजार रुपैयाँ कर्जा लिएकोमा सदस्यको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरेकाे छ । कर्जा बिमा अन्तर्गत सदस्यको मृत्यू पश्चात दिइने काजक्रिया खर्च २५ हजार तथा तिरेको किस्ता रकम २ लाख रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम २ लाख २५ हजार रुपैयाँ निज सदस्यको श्रीमान अर्जुन हजरा दुसादलाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवले बताए ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा शान्ता गौतम
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् । गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए । तर, कोषले खनाललाई फिर्ता पठाएर गौतमलाई सञ्चालकमा पठाएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।