असारसम्म मर्जरमा जाने बैंकलाई ६ सुविधा, ब्याज छुटदेखि सीडी रेसियोसम्म

काठमाडौं । राष्ट्र बैंकले असार मसान्तभित्र एकीकृत कारोबार गर्ने बैंक तथा वित्तीय संस्थालाई विभिन्न छुटको व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै वि.सं. २०८० असारसम्म एकीकृत कारोबार गरेमा विभिन्न ६ वटा सुविधा तथा छुटको व्यवस्था गरेको हो । ‘वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्न नसकेको अवस्थामा २०८० असार मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गरेमा सुविधा तथा छुट प्रदान गरिनेछ,’ राष्ट्र बैंकले भनेको छ । राष्ट्र बैंकका अनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने छ । साथै, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तिमा ६ महिना व्यतीत नभई अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, एकीकृत कारोबार सञ्चालन गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा तोकिएको सीमा कायम गर्न ६ महिनाको समय प्रदान गरिने राष्ट्र बैंकले बताएको छ । ‘मर्जरमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दाका बखत ब्याजदर अन्तर राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिने छ, तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा एक वर्षसम्म ५ प्रतिशत बिन्दुले थप गरिने छ,’ राष्ट्र बैंकको एकीकृत निर्देशनमा उल्लेख गरिएको छ । एकीकृत कारोबार सञ्चालनको क्रममा एक किलोमिटरको दूरीमा सञ्चालनमा रहेका शाखा कार्यालयहरु मध्ये कुनै एक शाखा कायम राखी सोही दूरी भित्रका अन्य शाखा गाभ्न वा बन्द गर्न एक वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकको भनाइ छ ।

सिद्धार्थ बैंकद्वारा विश्व वातावरण दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

काठमाडौं । सिद्धार्थ बैंकले सोमबार विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पु¥याउने उद्देश्यले सातै प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाएको छ । यस दिवसको अवसरमा विभिन्न स्थानहरुमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम, कर्मचारीबीच टिकटक प्रतियोगिता, पुनस्प्रयोग गर्न सकिने कटन ब्याग वितरण र नो प्रिन्ट डे जस्ता कार्यक्रमहरु आयोजना गरेको थियो जसमा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । बैंकले वृक्षारोपण तथा सरसफाई कार्यक्रम अन्तर्गत देशका सातै प्रदेशमा कुल ५८१ वटा बोटबिरुवाहरु रोप्नुका साथसाथै विभिन्न सार्वजनिक स्थानहरुमा सरसफाई कार्यक्रम समेत आयोजना गरेको थियो । यस्ता कार्यकहरुले वातावरणको संरक्षण, मानव स्वास्थ्य सुधार र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउछ भन्ने बैंकले विश्वास राखेको छ । बैंकले वातावरण संरक्षणका निम्ति ‘से नो टु प्लास्टिक’ नारालाई अवलम्वन गर्दै बैंकको आधिकारिक टिकटक पेजमा ‘बिट प्लास्टिक पोलुसन’ विषय राखी समाजमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउन कर्मचारीबीच टिकटक प्रतियोगिता सम्पन्न गरको थियो । त्यस्तै यहि नारालाई सार्थक बनाउने उद्देश्यका साथै बैंकले पुनप्रयोग गर्न सकिने कटन ब्याग पनि आफ्ना शाखाहरु मार्फत वितरण गरेको थियो । साथै वातावरण संरक्षणलाई थप टेवा पु¥याउन बैंकले सो दिनलाई ‘नो प्रिन्ट डे’ पनि घोषणा गरेको थियो । सिद्धार्थ बैंकले देशैभरी फैलिएको आफ्ना १९५ वटा शाखा, २२० वटा एटिएम र ५ वटा एक्स्टेन्सन् काउन्टरबाट ग्राहकलाइ आधुनिक बैंकिङ्ख सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ ।

कर्जा नतिरेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकले ऋणीलाई कानूनी कारवाही गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको कर्जा नतिर्ने ऋणी अमृता किराना पसलका सञ्चालक सरीता देवीको तीन पुस्तालाई कालोसूचीमा राख्ने चेतावनी दिएको छ । बैंकबाट लिएको ऋण समयमा चुक्ता नगरेपछि ३५ दिने सूचना जारी गर्दै सञ्चालकसहति जमानीकर्तालाई समेत कालोसूचीमा राख्ने चेतावनी दिएको हो । व्यवसायिक कर्जा सुविधा वापत लिएको कर्जाको साँवा तथा ब्याज रकम तथा सोमा लाग्ने हर्जाना, जरिवाना तिर्न पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको बैंकले बताएको छ । ऋणीले कर्जा सम्बन्धी शर्त बन्देज उल्लंघन गरेकाले ३५ दिनभित्र ऋणकर्जाको साँवा तथा ब्याज, जरीवाना शुल्क चुक्ता फछ्र्यौट गर्न बैंकले आग्रह गरेको छ । अन्यथा, प्रचलित कानून बमोजिम कर्जा असूलीको लागि आवश्यक कानूनी कारवाही अगाडि बढाउनुका साथै ऋणी, प्रोप्राईटर, व्यक्तिगत तथा धितो जमानीकर्ताहरूको ३ पुस्ता सहित कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्न आवश्यक प्रकृया अगाडि बढाईने बैंकले जनाएको छ । जमानीकर्ताहरुमा रेन्जु देवी, धितो जमानीकर्ता शम्भु प्रसाद नुनिया, जय प्रकाश महतो, नारायण प्रसाद नुनिया र जयचन्द्र प्रसाद नुनिया रहेको बैंकले जनाएको छ ।