गाईभैँसी ब्याउन थाले, अब ऋण असुल हुन्छ
काठमाडौं । असार लागेसँगै लघुवित्तकर्मीहरुको अनुहारमा खुसी छाएको छ । विगतमा विभिन्न प्रकारका आन्दोलन र अवरोधहरु सामना गर्दै आएका लघुवित्त व्यवसायी र लघुवित्तकर्मी असार लागेसँगै खुसी हुन थालेका छन् । बर्खाको सिजनमा किसानहरुको खेतबारी फस्टाउन थालेको र गाईँभैँसी ब्याएर खरिद बिक्री हुन थालेपछि हर्षित भएको लघुवित्तकर्मीहरु बताउँछन् । लघुवित्त संस्थाका ऋणीहरु भनेका किसान हुन् । तिनै किसानको आम्दानीको स्रोत बढ्न थालेपछि लघुवित्तकर्मी पनि ऋण असुल हुने आशामा बसेका छन् । त्यसैले अहिले लघुवित्तकर्मीहरु कर्जा असुल गर्न गाउँगाउँ डुलिरहेका छन् । किसानहरु तरकारी बिक्री गरेर भएपनि ऋण चुक्ता गरिरहेको लघुवित्तकर्मीहरु बताउँछन् । जाल्पा सामुदायिक लघुवित्तकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीईओ विमला योगी किसानहरुको सिजन लागेसँगै लघुवित्तमा रिकभरी पनि सकारात्मक हुने अपेक्षा रहेको बताउँछिन् । पछिल्ला दिनहरुमा सदस्यहरुसँग सँगै बसेरै उहाँहरुको हितमा काम गरिरहेको उनको भनाइ छ । साथै, वर्षको अन्त्यमा जसरी पनि ऋण तिर्नै पर्छ भन्ने मान्यता गाउँमा रहेकाले किरभरी राम्रो हुने उनको भनाइ छ । ‘ग्रामीण क्षेत्रमा वर्षको अन्त्यमा ब्याज र साँवा तिर्नु पर्छ भन्ने मान्यता छ, होइन भने ब्याजमा ब्याज थप हुन्छ भन्ने उहाँहरुको सोचाइ छ, यो पहिलाको चलन पनि हो, बुझ्ने मान्छेहरुले तिरिरहेका छन्, विगत केही महिना धेरै दबाव थियो तर, असारमा केही सुधार हुन्छ की भन्ने विश्वास छ,’ उनले भनिन् । उनका अनुसार लघुवित्तमा रिकभरी सोचे जस्तै नभएपनि विस्तारै सुधार हुने अपेक्षा छ । कर्मचारीहरुले सन्तुलित भएर काम गरिरहेको उनले बताइन् । औषत खराब कर्जा ७.५ प्रतिशत भएपनि घट्दै जाने उनको अनुमान छ । किनभने लघुवित्त विरुद्धको संघर्ष समितिले पनि आन्दोलन फिर्ता गरिसकेको छ । लघुवित्त विरुद्धका गतिविधिले आर्थिक क्रियाकलापमा असर परेको भएपनि अब आन्दोलन फिर्ता लिएपछि पुरानै अवस्थामा आउने उनले बताइन् । लघुवित्त संस्थाका ऋणी किसान भएकाले बर्खामा ऋण असुली हुने गरेको उनको भनाइ छ । कर्मचारीहरु गाउँघरमा गई किसानहरुसँग हातेमालो गरेर ऋण उठाइरहेको उनले बताइन् । पशुपंक्षि, गाईभैँसी, बाख्रा, कुखुरा बिक्री हुने गर्दछन् । साथै, यस सिजनमा तरकारी पनि राम्रो फल्ने भएकाले किसानको आम्दानी वृद्धि भएपछि ऋण असुल हुने गरेको उनी सुनाउँछिन् । ‘हाम्रो ग्राहकहरु भनेका किसानहरु नै हुन्, बर्खामा भैँसी ब्याउने समय हो, यो बेलामा गाईभैँसी पनि किनबेच पनि हुन्छन्, ऋणीहरुले गाईँभैँसी बिक्री गरेर भएपनि ऋण तिर्नु हुन्छ जस्तो लागेको छ, त्यसैले अबका दिनमा सहज वातावरण होला की भन्ने अपेक्षा छ,’ उनले भनिन् । अन्य सिजनको तुलनामा बर्खा सिजनमा किसानहरुको आम्दानी पनि बढी हुने गर्दछ । किसानहरुसँग तरलता भएपछि कर्जा चुक्ता गर्ने भएकाले लघुवित्तकर्मीहरु हर्षित हुन थालेका हुन् । अहिले लघुवित्तकर्मीहरु गाउँगाउँमा गएर किसानको खेत र तरकारीबारीलाई झनै उब्जाउ गर्नका लागि सुझाव र आवश्यक सहजीकरण गरिरहेका उनीहरुले बताएका छन् । मानुषी लघुवित्तकी सीईओ शोभा बज्राचार्य तरकारीको सिजन भएकाले बिक्री भएपछि ऋण असुल हुने बताउँछिन् । साथै, आलुको सिजन भएकाले सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । लघुवित्त क्षेत्रमा राम्रोसँग सुधार नभएपनि सुधार हुने संकेत रहेको उनले बताइन् । ‘पूर्ण रुपमा सुधार हुन बाँकी छ, रिकभरी राम्रो भएको छैन, हल्का सुधारको संकेत देखिएको छ, पहिलाको जस्तो स्थिती नरहेपनि सुधार हुन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन्, ‘आलुको सिजन पनि छ, किसानहरुको आलु बिक्री भयो भने ऋण असुल हुन्छ, यसले पनि रिकभरीमा सकारात्मक असर गर्छ ।’ साथै, किसानहरुलाई आफूहरुले पनि सक्दो सहजीकरण गरिरहेको उनले बताइन् ।
कनेक्ट आईपीएस प्रयोग गर्दा २० हजारसम्मको क्यासब्याक अफर
काठमाडौं । कनेक्ट आईपीएसले असार ३ देखि ३० सम्म लागू हुने गरी इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत कनेक्ट आईपीएसमार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८० प्रतिशत (अधिकतम २ हजार ८० रुपैयाँ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले २० हजार ८० क्यासब्याक प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताको जानकारी एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ । कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवेमार्फत गरिएको लाइफ इन्स्योरेन्ससम्बन्धी प्रिमियम भुक्तानीमा मात्र अफर लागू हुने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस बैंकका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आईपीएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार २ लाखसम्म भुक्तानी गर्न सकिन्छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कनेक्ट आईपीएसका ५२ सदस्य बैंक वित्तीय संस्थामार्फत ३ हजार ६२६ अर्बबराबरको ४ करोड ५० लाखभन्दा बढी भुक्तानी कारोबार फछर्याैट भइसकेको छ ।
सामुदायिकसँगको मर्जर प्रस्ताव पारित गर्न बिपिडब्लु लघुवित्तद्वारा साधारण सभा आव्हान
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले चौथों वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको असार ३ गते बसेको बैठकले असार २६ गते जावलाखेल ललितपुरमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । लघुवित्तको सभाले सामुदायिक लघुवित्तसँग मर्जर गर्ने सम्झौतापत्र, सहमति पत्र, संयुक्त मर्जर समिति गठन एवमे संयुक्त मर्ज समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, दुवै लघुवित्तबीचको मर्जर प्रक्रियाको स्वाप रेसियो निर्धारण गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने, अन्तिम सम्झौता गर्न अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । यस्तै, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण प्रस्ताव पारिछ गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ । लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ असार १२ गतेदेखि साधारणसभासम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन पाउने छन् ।