सनराइज बैंकले गर्यो पशुपालन र आलु खेती सम्बन्धी तालिम
काठमाडौं । सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानीमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ अषाढ १ गतेदेखि झुम्का, सुन्सरीमा ३१ जना सहभागिहरुका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सनराइज बैंक कोशी प्रदेशका प्रमुख विनोद गजुरेल र बैंकका अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त कार्यक्रम गरिएको थियो । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गरेका थिए । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेषगरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमुलक तालिम दिइएको थियो । त्यसै गरी कृषकहरु समक्ष कृषी, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तिय साक्षरता कार्यक्रममा ४० जना सहभागिहरु थिए । यस तालिमले आलुको व्यवसायिक उत्पादन, बजारिकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धि ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिइएको थियो ।
माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता
काठमाडौं । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बिच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धि सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्याब्सन संगको सहकार्यमा देशव्यापीरुपमा वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला एंव निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का तर्फबाट अध्यक्ष डिके ढुङ्गानाले हस्ताक्षर गरेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्दैशक गुरु प्रसाद पौडेलले माछापुच्छ्रे बैंक तथा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को सहकार्यमा सञ्चालन हुने उक्त वित्तिय एंव डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए । उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमि र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तिय अपराधहरु भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरुले विद्यार्थी मात्र नभएर उनिहरुका अभिभावकसम्म जनचेतना फैलाउन महत्वपूर्ण भूमिका निवार्ह गर्ने विश्वास व्यक्त गरे । त्यसैगरि उक्त कार्यक्रममा बैंकका अध्यक्ष एंव गैरआवासिय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरुको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासंग सम्बन्धित विभिन्न जानकारीहरु समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।
सर्लाहीको गैरमा समृद्धि फाइनान्सको नयाँ शाखा विस्तार
काठमाडौं । समृद्धि फाइनान्स कम्पनीको नवौं शाखाको रुपमा शाखा कार्यालय गैर, सर्लाहीको समुद्घाटन भएको छ । साेमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाईनान्सका संस्थापक संचालक सुजन अधिकारीले संयुक्त रुपमा उक्त शाखाको उद्धघाटन गरे । फाइनान्सको शाखा प्रबन्धक रामहरि निरौलाले संचालन गरेको उक्त कार्यक्रम संस्थाका संचालक सुजन अधिकारीको सभापतित्वमा कविलासी नगरपालिकाको मेयर प्रमुख अतिथि, नगरपालिकाको उपमेयर पुनम कर्ण र नेपाल सरकारको भूतपूर्व सहकारी अधिकृत तथा राजश्री बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापक प्रमुख रामलक्ष्यण राय विशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा वैकिङ्खकारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अव सो समस्याबाट यहाँका वासिन्दाले मुक्ती पा्ई सरल र सहज ढंगले गाउँमै सेवा लिन उपयुक्त अवसर भएको विचार व्यक्त गरे । कार्यक्रममा उपमेयर पुनम कर्णले यस ठाउँमा रहेको जनता अधिकांस कृषकहरु रहेको तथा उनीहरु कतिपयलाई कसरी वैकिङ्ख सेवा लिने सो सम्बन्धमा जानकारी समेत नभएकोले कर्मचारीहरुले सो मा थप सहजीकरण गरि कुरा वुझाएर वैकिङ्ख दायरमा ल्याई वैकिङ्ख सेवा दिई विश्वासिलो ढंगले कार्य गर्न सुझाउँदै संस्थाको प्रगतिको शुभकामना दिए । उक्त नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता थप ३ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।