नेप्सेमा एक लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार नेप्सेमा विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । लघुवित्तको २० प्रतिशत अर्थात ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशत छुट

काठमाडौं । हिमालयन बैंकका ग्राहकलाई आरोगिन हेल्थ केयरमा ४५ प्रतिशत छुट हुने भएको छ । बैंक र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका कार्डबाहक तथा ग्राहकलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट दिने भएको छ । त्यस्तै, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरुबाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

हिमालयन बैंकका ६ जना संस्थापकले एकैचोटि पौने २२ लाख कित्ता सेयर बेच्दै

काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीहरु धमाधम बाहिरीन थालेका छन् । संस्थापक सेयरधनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर बैंकबाट बाहिरीन लागेका हुन् । बैंकबाट एकैपटक ६ जना सेयरधनीहरुले पौने २२ लाख कित्ता सेयर बेच्न लागेका हुन् । विभिन्न संस्थापक ६ जना सेयरधनीहरुले २१ लख ८६ हजार ५७५ कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक गिरेन्द्रमान सिंह श्रेठको नाममा रहेको ९९ हजार ५९९ कित्ता, धर्म भक्त बल्लको १ लाख ४१ हजार ११६ कित्ता, यस्वस्विका इन्टरनेशनल प्रालिको १५ लाख ९० हजार कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, राम प्रकाश श्रेष्ठको १३ हजार १५३ कित्ता, निता गुरुङको ९ हजार ३५९ कित्ता र प्रकाश तयालको ३ लाख ३३ हजार ३४८ कित्ता सेयर बिक्री गर्न लागेको हो । बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । बैंकको सेयरमा ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । तोकिएको समयमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रिय कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थापक सेयरको मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ ।