सनराइज बैंकले अंगभंग भएका व्यक्तिलाई कृतिम अंग प्रदान गर्नको लागि दियो २ लाख रुपैयाँ
काठमाडौं । सनराइज बैंकले मदेश प्रदेशको वीरगंजमा अंग भंग भएका २० जानलाई कृतिम हात तथा खुट्टा प्रदान गरेको छ । वीरगंजमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछ कुमार यादबले प्रमुख सुमन थापा तथा बैंकका वीरगंज शाखा प्रमुख केदार सिंहको उपस्थितीमा रोटरीका कार्यक्रम संयोजक डा.स्वास्वत प्रसादलाई २ लाख ७५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । उक्त रकमले २० जनालाई कृतिम अंग प्रदान गर्ने योजना अनुरुप उपस्थित व्यक्तिहरुलाई कृतिम अंग निशुल्क समेत प्रदान गरिएको थियो । कृतिम अंग प्राप्त गर्ने व्यक्तिहरु उक्त सहयोगले खुशी हुँदै बैंकलाई धन्यबाद समेत ज्ञापन गरेका थिए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ४६५ जना कर्मचारी, प्लस टुलाई पनि अवसर
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्या कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ४६५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक (चौथो तह)देखि वरिष्ठ प्रबन्धक (नवौँ तह)सम्म कर्मचारी माग गरेको हो । बैंकले खुलातर्फ २२१ जना, महिलातर्फ ७६ जना, आदिवासी जनजातितर्फ ५९ जना, मधेसीतर्फ ४७ जना, दलिततर्फ २८ जना, अपांगतर्फ १५ जना र पिछडिएको क्षेत्रतर्फ १९ जना कर्मचारी भर्ना गर्न लागेको हो । कुल पदमध्ये सहायक (प्रशासन र नगद) मा मात्रै २५६ जना कर्मचारी भर्ना गर्ने भएको हो । बैंकले आह्वान गरेको विज्ञापनमा प्लस टूदेखि पद अनुसारको योग्यता आवश्यक हुने बैंकले जनाएको छ । इच्छुक उम्मेदवारले असार १० गतेदेखि असार ३० गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्म दरखास्त पेस गर्न बैंकले जनाएको छ ।
असार २४ देखि साना किसान आरएमडीसी लघुवित्तको एकीकृत कारोबार
काठमाडौं । साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार असार २४ गतेदेखि हुने भएको छ । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् । दुबै लघुवित्तको गत चैत १० गते सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरिसकेका छन् । आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदान प्रदान अनुपात (स्वाप रेशियो) कायम गर्ने समेत सहमति भएको छ । गत भदौ ३१ गते दुवै लघुवित्त एक आपसमा गाभिएर साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । मर्जरपश्चात् लघुवित्तको अन्तरिम सञ्चालक समितिको अध्यक्षमा खेम बहादुर पाठक र प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोईराला बन्ने सहमति भएको छ । साथै, दुबै संस्थाका संस्थापक समूहबाट २/२ जना, सर्वसाधारण समूहबाट १/१ जना र १ जना स्वतन्त्र सञ्चालक रहने व्यवस्था मिलाईएको छ ।