अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीति आएनः निजी क्षेत्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले विद्यमान अर्थतन्त्रका समस्या समाधान गर्न नसक्ने निजी क्षेत्रले महसुस गरेको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ती जारी गर्दै उक्त प्रतिक्रिया जनाएको हो । उच्च ब्याजदर, न्युन माग, नगद प्रवाहमा भएको समस्या, न्युन उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका विद्यमान अर्थतन्त्रका चुनौतीहरुको सामना गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा निजी क्षेत्रको थियो । तर, मौद्रिक नीतिमार्फत केन्द्रिय बैंकले लिएको नीतिले अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सहयोग नपुग्ने तीन मुख्य संस्थाले जनाएका छन् । मौद्रिक नीतिमा गरिएका अधिकांश व्यवस्थाको प्रभाव यस सम्बन्धि निर्देशिका सार्वजनिक नभइ यकिन हुन नसक्ने देखिएको ती प्रतिनिधि मुलक सस्थाले जनाएका छन् । केन्द्रिय बैंकले मौद्रिक नीतिको कार्यदिशा अर्थतन्त्रलाई चलायमान बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको भनिएपनि यसले लिएका प्रावधानले त्यसलाई पुष्टि गर्न नसकेको उनीहरुको भनाई छ । गत आर्थिक वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा जाने ऋण लक्ष्य १२.६ प्रतिशत राखेकोमा चालु आर्थिक वर्षका लागि यस्तो लक्ष्य ११.५ प्रतिशतमा झारिएको छ । यसरी निजी क्षेत्रमा विस्तार हुने कर्जा संकुचित गर्दा बजेटमार्फत सरकारले लिएको ६ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य हासिल गर्न कठीन हुने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । मौद्रिक नीतिमार्फत उच्च ब्याजदर वृद्धि नियन्त्रणका लागि पहलकदमी लिइने अपेक्षा निजी क्षेत्रको थियो । राष्ट्र बैंकले बैंक दरलाई यथावत् राख्दै नीतिगत दर शून्य दशमलब ५ प्रतिशतले घटाएको छ । यसले ब्याजदर घटाउन सहयोग गर्ने देखिदैन् । निर्देशिकामार्फत बैंकको आधार दर घटाउनका लागि सम्पूणर् उपकरण उपयोग गर्न केन्द्रिय बैंकलाई निजी क्षेत्रको सुझाव छ । ऋणीहरुको असल कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले गर्ने १.३ प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई पुनः १ प्रतिशत नै कायम गरिनुपर्ने, मागमा आएको कमीबाट प्रभावित उद्योग वा कर्जाग्राहीलाई बैंक तथा ऋणीहरुको सहमतीमा कर्जा पुनर्तालिकिकरण तथा पुनर्सरचना गर्न दिइनुपर्ने, पुर्नकर्जाको सुविधा उपलब्ध गराउनुपर्ने र ब्याजमा न्युन प्रिमियम राख्नुपर्ने लगायतका सुझाव निजी क्षेत्रको थियो । यी सुझावहरुलाई मौद्रिक नीतिले सम्बोधन नगर्दा अर्थतन्त्र चलायमान हुन नसक्ने उनीहरुको बुझाई छ । मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुको माग अनुसार चालु पूंजी कर्जा मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने उल्लेख छ । बैंक र व्यवसायीलाई नै यसबारे निणर्य गर्न दिनुपर्ने उनीहरुको माग छ । ठूला ऋणीहरुको सुपरिवेक्षणलाई प्रभावकारी बनाउन छुट्टै मार्गदर्शन जारी हुने भनिएको छ । यसबारे गरिने व्यवस्थाले गत बर्ष जारि गरिएको चालु पूँजी कर्जा मार्गदर्शन भैm निजी क्षेत्र निरुत्साहित हुनसक्ने आशंका पनि जन्माएको निजी क्षेत्रले जनाएको छ । पहिलो आवासिय घर कर्जाको सीमा डेढ करोडबाट बृद्धि गरी २ करोड पुर्याउने, अमेरिकी डलर सटही सुविधा २५०० पुर्याउने, सेयर धितो कर्जा, रियलस्टेट तथा हायर पर्चेज कर्जाको जोखिम भार घटाउने निणर्य सकारात्मक छन् । तर जोखिम भार कति रहने भन्ने बिषय अन्यौलमै रहेको छ । वित्तिय श्रोतलाई उत्पादनशिल क्षेत्रमा प्रवाह गराई आन्तरिक उत्पादन क्षमता अभिवृद्धि गर्ने तर्फ मौद्रिक नीतिको कार्यदिशा हुने व्यवस्था समेटिएको छ । यसमा समग्र उत्पादनमुलक क्षेत्रका लागि के सुविधा दिने भन्ने प्रष्ट नभएको उनीहरुले जनाएका छन् ।

एक वर्षमा १२ अर्बको विद्युतीय गाडी आयात, कहाँ-कहाँबाट आउँछन् गाडी ?

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा चार हजारभन्दा बढी विद्युतीय गाडी आयात भएको छ । जसका लागि नेपालले करीब १२ अर्ब रुपैयाँ खर्चिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९र८० को तथ्यांक अनुसार, एक वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको चार हजार ५० वटा विद्युतीय गाडी आयात भएको छ। उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार, असार महिनामा मात्रै एक सय ८० वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । विभागले सार्वजनिक गरेको असार महिनासम्मको तथ्यांकअनुसार विद्युतीय गाडीको आयात बढेको देखिन्छ । सरकारले जेठ १५ गते चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्नु अगाडि उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । गत जेठ महिनासम्म विभिन्न भन्सार नाका हुँदै तीन हजार आठ सय ७० गाडी नेपाल आएको थियो । त्यसबेला ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँको गाडी बढी आयात भएको भन्सार विभागको तथ्यांक छ । जसबाट ती अर्ब ५१  लाख १८ हजारभन्दा बढी रुपैयाँ राजश्व संकलन भएको थियो । विभागको तथ्यांकअनुसार असार महिनामा सबैभन्दा धेरै विद्युतीय गाडीहरू भारतबाट भित्रिएका छन् । भारतबाट ५० किलोवाटका दुई हजार एक सय ८६ वटा गाडी र  १०० वाटका ९१ वटा गाडी नेपाल भित्रिएका हुन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट असारमा १०० किलोवाट क्षमताका १२ सय २१ वटा र ५१ देखि १०० किलोवाटसम्मका १४३ वटा गाडी आयात भएका छन् । असारसम्ममा चीनबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी आयात भएका छन् । दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको तीन सय ४० र इन्डोनोसियाबाट ११ वटा गाडी आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोबाट क्षमताका पाँच वटा, बेलायतबाट पाँच वटा विद्युतीय गाडीहरू नेपाल भित्रिएका हुन । युकेबाट १०१ देखि २०० किलोवाट क्षमताका पाँच वटा र बेलायतबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । पछिल्लो समय भारबाट टाटाको विद्युतीय गाडी नेक्सन, टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरू आयात हुने गरेको छ ।

आईएमई लाइफद्वारा कार्यालयका प्रमुखका लागि लगानी निवारण सम्बन्धि तालिम

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना नेपाल भरका क्षेत्रिय/शाखा/उप शाखा कार्यालयका प्रमुखहरुका लागि सम्पति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धि एक दिने तालिम सम्पन्न गरेको छ । तालिम साउन ६ गते भैरहवास्थित होटल सिद्धार्थ भिलासामा दिईएको थियो । कम्पनीका करिब १३० जना कर्मचारीहरुलाई नेपाल बीमा प्राधिकरणका उप—निर्देशक हृदयश्वर पण्डितले तालिम प्रदान गरेका थिए । उक्त तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पत्ति शुद्धीकरण निवारण किन गर्ने, सम्पत्ति शुद्धीकरणको लक्ष्य, आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्कनको चरण, कम्पनीको भूमिका, कारबाही तथा सजाय आदि विषयमा तालिमको मुख्य आकर्षण रहेको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य सहित केन्द्रिय कार्यालयका सम्पुर्ण बिभागिय प्रमुखको समेत उक्त तालिममा सहभागी थियो ।