नेपाल फाइनान्सको एनपीएल घटेपछि १८.४२ प्रतिशत बढ्यो ब्याज आम्दानी

<p>काठमाडौं । नेपाल फाइनान्सले गत वर्ष कर्जा र निक्षेप दुवै बढाएको छ । गत असारसम्म फाइनान्सले निक्षेप संकलन १२.१५ प्रतिशत बढाएर १ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ गरेको छ । यस्तै, कर्जा लगानी ३२.०७ प्रतिशत बढाएर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ गरेको हो । फाइनान्सको खराब कर्जा (एनपीएल)पनि घटेको छ । अघिल्लो [&hellip;]</p>

काठमाडौं । नेपाल फाइनान्सले गत वर्ष कर्जा र निक्षेप दुवै बढाएको छ । गत असारसम्म फाइनान्सले निक्षेप संकलन १२.१५ प्रतिशत बढाएर १ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ गरेको छ । यस्तै, कर्जा लगानी ३२.०७ प्रतिशत बढाएर १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ गरेको हो ।

फाइनान्सको खराब कर्जा (एनपीएल)पनि घटेको छ । अघिल्लो वर्ष खराब कर्जा १४.०७ प्रतिशतबाट रहेकोमा घटेर १२.१६ प्रतिशतमा झरेको छ । यस्तै, समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ०.२९ प्रतिशत बढेर ७२ करोड ७५ लाख रुपैयाँ र जगेडा कोष ३ प्रतिशत घटेर ४२ करोड ८७ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सको खुद ब्याज आम्दानी १८.४२ प्रतिशत बढेर ९ करोड १४ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

फाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा भने ४७.१३ प्रतिशत घटेर २ करोड ५६ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

फाइनान्सको खुद फि तथा कमिशन आम्दानी १८.०१ प्रतिशत घटेर ७१ लाख ८८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.२२ प्रतिशत घटेर ११ करोड २७ लाख रुपैयाँ, सञ्चालन नाफा ५१.२९ प्रतिशत घटेर २ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

फाइनान्सको प्रतिसेयर आम्दानी ३.५३ रुपैयाँमा सीमित भएको छ । फाइनान्सको मूल्य आम्दानी अनुपात ९९.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.४ रुपैयाँ रहेको छ ।

फाइनान्सको कस्ट अफ फण्ड ९.८८ प्रतिशत, आधार दर १४.३७ प्रतिशत, स्प्रेड दर ४.५७ प्रतिशत र सीडी रेसियो ७९.७२ प्रतिशत रहेको छ ।

Share News