काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.३९ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १२ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा फाइनान्सको चुक्ता पूँजी ३.१२ प्रतिशत बढेर ८५ करोड ४८ लाख १६ हजार रुपैयाँ, जगेडा कोष ५.२७ प्रतिशत घटेर ५३ करोड २९ लाख ६ हजार रुपैयाँ, निक्षेप संकलन १५.७० प्रतिशत बढेर ४ अर्ब १७ करोड १५ लाख रुपैयाँ र कर्जा लगानी १२.३२ प्रतिशत बढेर ३ अर्ब ५९ करोड १ लाख रुपैयाँ पुगेको छ ।
गत असारसम्म फाइनान्सको खुद नाफा ७६.८७ प्रतिशत घटेर ३ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
फाइनान्सको कूल सञ्चालन आम्दानी १६ प्रतिशत बढेर २३ करोड ५ लाख रुपैयाँ, सञ्चालन नाफा ७३.३३ प्रतिशत घटेर ५ करोड ५८ लाख रुपैयाँ र वितरणयोग्य नाफा २० करोड ८४ लाख रुपैयाँ ऋणात्मक छ ।
फाइनान्सको प्रतिसेयर आम्दानी ४.५२ रुपैयाँ रहेको छ । यस्तै, फाइनान्सको मूल्य आम्दानी अनुपात ७८.०३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १३९.७१ रुपैयाँ रहेको छ । फाइनान्सको खराब कर्जा २.२४ प्रतिशतबाट बढेर ३.३० प्रतिशत पुगेको छ ।
फाइनान्सको आधार दर १४.९९ प्रतिशत, कस्ट अफ फण्ड १०.७५ प्रतिशत सीडी रेसियो ८२.४४ प्रतिशत र स्प्रेडदर ४.५७ प्रतिशत रहेको छ ।