आईएमई लाइफले सम्पन्न गर्‍याे सातै प्रदेशमा १३ स्वास्थ्य शिविर

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आसन्न छैठौं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा स्वास्थ्य शिविर आयोजना गरेको छ । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै सबै प्रदेशका विभिन्न १३ स्थानमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरिएको हो । आईएमई लाइफ इन्स्योरेन्सले भाद्र १ गते छैठौं वार्षिकोत्सव मनाउँदै छ । कोशी प्रदेशको बिर्तामोड, बुधबारे, इनरुवा, धनकुटा तथा ओखलढुंगामा आँखा शिविर र धनकुटामा दन्त शिविर आयोजना भएको थियो । त्यस्तै, मधेश प्रदेशको बारा, जीतपुर कलैयामा जनरल स्वास्थ्य शिविर सञ्चालन गरिएको कम्पनीले बताएको छ । बागमती, प्रदेशको चापागाउँ स्वास्थ्य चौकीमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको समन्वयमा आँखा शिविर आयोजना भएको थियो । गण्डकी प्रदेशको शुक्लागण्डकी ११ मा जनरल स्वास्थ्य जाँच शिविर संचालन गरिएको थियो । लुम्बिनी प्रदेशको गुल्मी तथा कर्णाली प्रदेशको तातोपानी गाउँपालिका जुम्लामा दन्त शिविर संचालन गरिएको कम्पनीले बताएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीस्थित टिकापुरमा जनरल स्वास्थ्य जाँच शिविर, धनगढीमा दन्त शिविर र बेलौरीमा ज्येष्ठ नागरिक स्वास्थ्य शिविर संचालन गरिएको कम्पनीले बताएको छ ।

गार्डियन र क्रेष्ट माईक्रो लाइफको पहिलो महिना : कसले कति उठाए प्रिमियम ?

काठमाडौं । जीवन लघुबीमा व्यवसाय सञ्चालन गर्न अनुमति पाएका दुई इन्स्योरेन्सले पहिलो महिनामा २ लाख ५ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार गत असारदेखि कारोबार शुरु गरेका गार्डियन माईक्रो र क्रेष्ट माईक्रो लाइफले सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् । जसमध्ये गार्डियन माइक्रो लाइफले सबैभन्दा बढी अर्थात एक लाख ४१ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले असार महिनामा मात्रै १२७ वटा बीमालेख बिक्री गरेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ६४ हजार रुपैयाँ बराबरका प्रिमियम संकलन गरेको छ । जसले असार महिनामा मात्रै ९२ वटा बीमा पोलिसी बिक्री गरेको प्राधिकरणले जनाएको छ । दुई कम्पनीले छोटो अवधिमै सो मात्राको बीमाशुल्क संकलन गरेका हुन् । दुई इन्स्योरेन्समध्ये गार्डियन माइक्रो लाइफले गत असार २२ गतेदेखि र क्रेष्ट माइक्रो लाइफले गत साउन १० गतेदेखि औपचारिक रुपमा व्यवसाय सञ्चालन गरेका हुन् । त्यस्तै, गार्डियनको केन्द्रीय कार्यालय कोशी प्रदेशको विराटनगरमा छ भने क्रेष्ट माइक्रो कणाली प्रदेशको विरेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको छ ।

नेपाल लाइफका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजर सम्मानित, दत्तचित्त भई अघि बढ्न आग्रह

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका विभिन्न अभिकर्ता तथा एजेन्सी मेनेजर सम्मानित भएका छन् । कम्पनीले आयोजना गरेको तीन दिवसीय लिडरशीप एक्सेलेन्स अवार्डस्, २०२३ कार्यक्रममा इन्स्योरेन्सका १३१ अभिकर्तासहित विभिन्न एजेन्सी मेनेजरहरु सम्मानित भएका हुन् । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुषित गरिएको थियो । त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमश प्रथम, द्धितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोड तर्फबाट क्रमस नेपाल प्रथम, द्धितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजबंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । इन्स्योरेन्सले चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा ‘सार्क वर्ष : पराक्रमी गति, आक्रामक नीति’ नाराका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । जसमा देशभरबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना दिए । सीईओ पराजुलीले अभिकर्ताहरुलाई गत आर्थिक वर्षको कार्य सम्पादनको लागि धन्यवाद र चालु आर्थिक वर्षको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै उनले चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ताहरु रहेको र उनीहरुकै मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघी बढेको देख्दा मन प्रफुल्लित भएको उनले बताए । जसरी सार्कले समुन्द्रमा अधिपत्व कायम गरेको हुन्छ त्यसैगरि नेपाल लाइफले जीवन बीमा क्षेत्रमा अधिपत्व कायम गर्नेमा आफु विस्वस्त रहेको जाहेर गरे । ग्राहकको सहजताका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग, लगानीको उच्च प्रतिफलका लागि लगानीको विविधिकरण गर्ने कार्यहरु शुभारम्भ भई सकेको समेत उनले बताए । कार्यक्रममा सञ्चालक विमल प्रसाद ढकालले कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पुर्याउन गरेका योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताको लागि शुभकामना व्यक्त गरे । कार्यक्रममा बोल्दै उनले आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे । यसका साथ साथै एएमएल सीएफटीको महत्व र अपराहर्यताको बारेमा प्रकाश पारे । यहाँसम्म आइपुग्दा धेरैनै उतार चढावको सामना गर्नु परेको बताउँदै उनले आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ नविनतम प्रविधिको प्रयोग गरि कार्यसम्पादन गर्न आग्रह गरे ।