सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता र डष्टबिन वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम आयोजना गरेको फाइनान्सले बताएको छ । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीहरुलाई एक थान कपि, कलम, २५ थान ज्योमेट्री बक्स वितरण गरेका थिए । शाखा प्रमुख अधिकारीले ‘सेन्ट्रल फाईनान्स लिमिटेडले वित्तीय कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न कार्यक्रम गर्दै आएको बताए । कार्यक्रममा मदरसाका प्रधानाध्यापक फैजुल्लाह मुसलमान, शिक्षक, विद्यार्थी तथा संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेन्ट्रल फाइनान्सले नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २६ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको छ । उक्त संस्थाको १९ वटा शाखा र भक्तपुरको सल्लाघारीमा एक एक्सटेन्सन काउन्टर सञ्चालनमा छन् ।
समृद्धि फाइनान्सको ३ शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न
काठमाडौं । समृद्धि फाइनान्सले शुक्रबार संस्थाको मधुवन, खरेन्द्रपुर शाखा र २१ गते आइतवारको दिन कसाह शाखाबाट बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । श्रावण महिनाको पहिलो हप्ताबाट सुरु भएको बृक्षारोपण कार्यक्रम संस्थाका ७ वटा शाखाहरुबाट सम्पन्न गरीसकेको र श्रावण महिना भित्र सम्पुर्ण शाखाहरुबाट सम्पन्न गर्ने तय भएको संस्थाले जनाएको छ । साथै, फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सुची मध्ये श्रावणमहिनाको लागि तय भएको कार्यक्रमहरुको रुपमा बृक्षारोपणको सुरुवात गरेको र आर्थिक बर्ष २०८०/८१ को प्रत्येक महिनामा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सम्पुर्ण १३ वटै शाखाहरु बाट बिभिन्न कार्यक्रमहरु गर्ने तय भएको समेत संस्थाले जानकारी गराएको छ ।
चौराह हस्पिटलमा सिटिजन्स बैंकका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी भएको छ । बैंक र बुटवल स्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।