सनराइज फर्स्ट म्युचुअल फण्डले १६ प्रतिशत प्रतिफल दिने, क्यापिटलले पनि बाँड्ने भयो लाभांश

<p>काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गत आर्थिक वर्षको आम्दानीबाट इकाई धनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको सनराइज क्यापिटलले जारी [&hellip;]</p>

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गत आर्थिक वर्षको आम्दानीबाट इकाई धनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय भएको सनराइज क्यापिटलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो ३ वर्षमा ईकाइधनीहरुलाई ६९ प्रतिशत प्रतिफल वितरण गरेको पनि क्यापिटलले जनाएको छ ।

सनराइज क्यापिटलले गत आर्थिक वर्षको आम्दानीबाट क्यापिटलका लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बिहीबार बसेका कम्पनी सञ्चालक समितिकोे बैठकले यस्तो निर्णय गरेको हो ।

Share News