आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

काठमाडौं। ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘फ्लाइ आइएमइ’ प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सिमित अबधि लागि मात्र हो।

नेपाल लाइफका यी चार अभिकर्ता : जसले सिंगापुरमा फहराए नेपाली झण्डा

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै नेपाल लाइफ इन्स्यारेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी विश्व सम्मेलनमा सहभागिता जनाएका छन् । २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५०० जनाको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा राम चन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्र कुमारी बुढाथोकीले सहभागिता जनाएका थिए । उनीहरुले अन्तरराष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफुलाई निकै गौरवान्वित महसुस भएको बताएका छन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने उनको भनाई छ । कम्पनीले धेरै भन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको उनले बताए । विश्वस्तरिय मान्यता प्राप्त बीमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल सम्मेलन सिंगापुरमा सम्पन्न गरेको हो ।

सहकारीको दर्ता र शाखा विस्तार रोक्न सुझाव

काठमाडौं । सहकारी क्षेत्रको वर्तमान समस्या समाधानका लागि बनेको सहकारी क्षेत्र सुधार कार्यदलले नयाँ सहकारीको दर्ता तथा भएका सकारीको शाखा विस्तारमा रोक लगाउनु पर्ने राय दिएको छ । योजना आयोगका सदस्य डा.जयकान्त राउतको संयोजकत्वमा बनेको ‘सहकारी क्षेत्र सुधार कार्यदल’ले सो सुझाव दिएको छ । कार्यदलले प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारीमा छ । कार्यदलका सदस्य तथा भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोकणर्मी दुवाडीले कार्यदलले नयाँ सहकारी दर्ता रोक्नु पर्ने सुझाव दिएको बताएका छन् । उनका अनुसार कार्यदलले तत्कालीन, अल्पकालीन र दीर्घकालीन भनेर तीन थरी सुुझाव तयार पारेको छ । ‘अहिले सहकारीको संख्या धेरै छ, स्वनियमनमा सहकारीहरु दर्ता भएर सञ्चालन भएको छैन भन्ने कार्यदलको निश्कर्ष छ, कार्यदलले तत्कालका लागि नयाँ सहकारी दर्ता बन्द गरेर, भएका सहकारीको क्षेत्र तथा शाखा विस्तारलाई स्थगित गर्नु पर्ने सुझाव दिएको छ,’ उनले विकासन्युजसँग भने ।