आइएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

<p>काठमाडौं। &#8216;आइएमई पेले&#8217; एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा &#8216;फ्लाइ आइएमइ’ प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत [&hellip;]</p>

काठमाडौं। ‘आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘फ्लाइ आइएमइ’ प्रोमो कोड प्रयोग गरी ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सेवाग्राहीहरुलाई विधुत्तिय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ। यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीलाई सिमित अबधि लागि मात्र हो।

Share News