चार अर्ब बढीको हकप्रद सेयर ल्याउँदै चार कम्पनी, सेबोनसँग मागे अनुमति
काठमाडौं । धितोपत्र बजारमा चार अर्ब बढीको हकप्रद सेयर आउने भएको छ । जलविद्युत अर्थात हाइड्रोपावर क्षेत्रका चार कम्पनीले ४ अर्ब ३३ करोड ७० लाख ९४ हजार २२३ रुपैयाँ बराबरको हकप्रद ल्याउन प्रकृया अघि बढाएका हुन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अनुसार लिवर्टी इनर्जी कम्पनी, न्यादी ग्रुप पावर, आँखुखोला जलविद्युत कम्पनी र बरुण हाइड्रोपावर कम्पनीले उक्त रकम बराबरको कूल ६ करोड ९३ लाख ८३ हजार ७३४ कित्ता सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । यी कम्पनीले हालै मात्रै बोर्डसँग हकप्रद सेयर जारी गर्न अनुमति मागेका हुन् । लिवर्टीले ७ लाख ५० हजार, न्यादी ग्रुप पावरले एक करोड ८५ लाख १२ हजार ७९२, आँखुखोलाले एक करोड २० लाख र बरुण हाइड्रोले ५३ लाख ५८ हजार १५० कित्ता सेयर निष्काशन गर्ने माग गर्दै बोर्डमा पुगेका हुन् । यसैगरी, सेयर निष्काशन गर्नको लागि लिवर्टीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल, न्यादी ग्रुपले सिद्धार्थ क्यापिटल, आँखुखोलाले नबिल इन्भेष्टमेन्ट बैंकिङ र बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेका छन् । चार कम्पनीमध्ये बरुण हाइड्रोले गत भदौ २२ गते बोर्डसँग अनुमति माग गरेको हो भने अन्य तीन कम्पनीले एकैदिन अर्थात भदौ २१ गते हकप्रद सेयर जारी गर्न सेबोनसँग अनुमति मागेका हुन् । यससँगै बोर्डले अनुमति दिएसँगै यी चार कम्पनीले विद्युत नियम आयोगबाट स्वीकृति लिनुपर्ने हुन्छ । त्यसपछि सम्बन्धित कम्पनीले आफ्नो वार्षिक तथा विशेष साधारण सभामा प्रस्ताव पेश गरेपछि मात्रै सो बराबरको हकप्रद जारी गर्ने छन् ।
महालक्ष्मी विकास बैंकले वितरण गर्यो स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति वितरण गरेको छ । बैंकले श्री नन्दी माध्यामिक विद्यालय नक्साल, काठमाडौंमा कक्षा नौं मा अध्यनरत छात्रसन्तोष कुमार मण्डललाई स्वर्गीय लक्ष्मण बाबु श्रेष्ठ जेहेन्दार छात्रवृत्ति प्रदान गरेको हो । विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मनकामना विकास बैंकका संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठको स्मृतिमा स्थापित लक्ष्मण बाबु जेहेन्दार छात्रवृत्ती बैंकको दरबारमार्ग शाखाका प्रबन्धक मनिलरन्न शाहीले विद्यालयका प्रधानाध्यापक गिता काफ्लेलाई हस्तान्तरण गरे । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ । आगामी दिनहरुमा पनी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवदता जनाएको छ । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।
नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल फाइनान्सको हकप्रद सूचीकृत भएको छ । आइतबार संस्थाको ४० हजार २४५ कित्ता हकप्रद सूचीकृत भएको हो । नेप्सेमा संस्थाको लिलामीमा राखिएको संस्थापक सेयर हकप्रदको रुपमा सूचीकृत भएको हो ।