आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ ले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै मेमोरिज विथ फादर सेयर द जोय नामक अफर सार्वजनिक गरेको छ। भदौ २६ देखी भदौ २८ गते सम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफु र आफ्नो बुवाको मिठा, रमाइला र यादगार पलहरूलाई समेटेर कमेन्ट लेख्ने र ह्यास बाबारआमा पनि राखेर पोस्ट गर्नुपर्ने कम्पनीले जनाएको छ । सो कमेन्टहरू मध्य सबैभन्दा उत्कृट (रोमान्चक तथा भावुक) कमेन्ट गर्ने १० जना भाग्यशाली विजेता छनौट गरिने छ र विजेताहरूलाई हुमन फिटको ५००० रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर उपहार स्वरुप प्रदान गरिने छ ।
सिभिल क्यापिटल मार्केटको साधारण सभा सम्पन्न
काठमाडौं । सिभिल क्यापिटल मार्केटको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा बुधबार सिटिसी मल, सुन्धारा, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टज्यूको अध्यक्षतामा सम्पन्न भएको हो । यस सभाले सिभिल क्यापिटल मार्केटलाई हिमालयन क्यापिटलले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटलले सिभिल क्यापिटल मार्केटलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ । कम्पनीको विशेष साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति क्यापिटलले धन्यवाद व्यक्त गरेको छ । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैलाई हार्दिक धन्यबाद व्यक्त गरेको छ ।
लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेप्सेमा सूचीकृत
काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाईहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार देखि सूचीकृत भएको छ । फण्डको ८ करोड इकाईहरु नेप्सेमा सूचीकृत भएको हो । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डले गत साउन ५ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रति इकाई १० रुपैयाँका दरले निष्काशन तथा बिक्री खुला गरेको थियो । नेप्सेमा एलभीएफ आईआई नामबाट फण्डको इकाईहरु आउदो भाद्र ३१ गतेदेखि दोस्रो बजारमा कारोबार हुनेछ । कोष प्रबद्र्धक लक्ष्मी सनराईज बैंक लिमिटेड रहेको यस फण्डको योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।