लक्ष्मी क्यापिटलको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । लक्ष्मी क्यापिटल मार्केटको वार्षिक साधारण सभा सम्पन्न भएको छ । क्यापिटलको १५ औं वार्षिक साधारण सभा असोज ७ गते आइतबार सम्पन्न भएको हो । लक्ष्मी कम्प्लेक्स हात्तिसार काठमाडौंमा सम्पन्न भएको वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश पनि पारित गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले ३ करोड ८२ लाख ६ हजार ८०० रूपैयाँ ९७ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । क्यापिटलको हालको चुक्ता पूँजी २७ करोड रुपैयाँ रहेको छ । क्यापिटलको सञ्चालक समितिको भदौ १५ गते बसेको बैठकले लाभांश र साधारण सभा बोलाएको थियो । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गरेको छ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै सनराइज क्यापिटलसँग मर्जरमा जाने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।

एभरेष्ट बैंकले बोलायो २९ औं वार्षिक साधारण सभा, २०.५३ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । बोनस सेयर जारी भएपश्चात् पुँजीवृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ । संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति सभाले अनुमोदन गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

नेपाल पुनर्बीमाबाट बाहिरिँदै विशाल ग्रुप, साढे ३३ करोडको सेयर बिक्रीमा राख्यो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीबाट विशाल ग्रुप बाहिरिने भएको छ । विशाल ग्रुपले पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । विशाल ग्रुपले आफ्नो स्वामित्वमा रहेको १० लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३३५ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा विशाल ग्रुपले ३३ करोड ५० लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज ८ गतेदेखि असोज १४ गतेसम्म निवेदन पेश गर्नु पर्नेछ । कम्पनीको सेयर विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाले खरिद गर्न सक्ने बताइएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।