श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सिंह नियुक्त

काठमाडौं । श्रृजनशील लघुवित्तको कम्पनी सचिवमा सुशील कुमार सिंह नियुक्त भएका छन् । असोज ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सिंहलाई कम्पनी सचिवको रुपमा नियुक्त गरेको हो ।

नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए । प्रदेशस्तरीय बैंक रहेको सो बैंकको केन्द्रीय कार्यालय बाहेक चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालबीच भेटवार्ता भएको छ । राष्ट्र बैंकका अधिकारी र सेबोन अध्यक्ष्य हमालबीच सोमबार भेटवार्ता भएको हो । गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको हो । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।