नेपालमा ५७ देशको लगानी, कुन देशको कति ?

काठमाडौं । नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८/७९’ मा नेपालमा ५७ देशको प्रत्यक्ष लगानी रहेको तथ्याङ्क छ । भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ । त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सनराइज क्यापिटलले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । सनराइज क्यापिटलको १३ औं (तेह्रौ) वार्षिक साधारण सभा सम्पन्न गरेको छ । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सनराइज क्यापिटलले आफ्नो १३ औं वार्षिक साधारण सभा बुधवार आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न गरेको हो । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आ.व. २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आ.व. २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले बर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आईरहेको र उक्त म्युचुअल फण्ड मध्य सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ । साथै, यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्धेश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित् भएको छ । उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सनराईज क्यापिटल र लक्ष्मी क्यापिटल एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पूरा गर्न कम्पनीको संचालक समितिलाई अख्तिियारी दिने निर्णय गरियो ।

राष्ट्र बैंकले सार्वजनिक गर्याे वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन, सबैभन्दा धेरै भारतबाट भित्रियो (प्रतिवेदनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७८÷७९’ सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २ खर्ब ६४ अर्ब ३३ करोड कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत रहेको राष्ट्र बैंकको निष्कर्श छ । यसैगरी, २०७९ असार मसान्तसम्ममा नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी ८८ अर्ब ५९ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब ४५ करोड रुपैयाँ, आयरल्याण्डबाट २० अर्ब ९० करोड रुपैयाँ, सिङ्गापुरबाट १६ अर्ब ७ करोड रुपैयाँ र सेन्ट किट्स एण्ड नेभिसबाट १५ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्र्तगत जलविद्युत्क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमुलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत रहेको पाइएको छ भने समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । [pdf id=438631]