महालक्ष्मी विकास बैंकका ग्राहकले विभिन्न संस्थाको सेवामा छुट पाउने
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः
सीआईटीको ईडीमा ५ जना सर्टलिष्ट, बहालवाला सीईओदेखि पूर्व सहसचिवसम्मको दौडधूप
काठमाडौं । नागरिक लगानी कोष(सीआईटी)को कार्यकारी निर्देशक (ईडी) पदका लागि ५ जनाको नाम सर्टलिष्ट गरिएको छ । कोषको कायर्कारी निर्देशक छनोट समितिको मंगलबार (पुस १० गते) बसेको बैठकले ५ जनाको नाम सिफारिस गरेको हो । कार्यकारी निर्देशक पदका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा.शिवहरी श्रेष्ठको नाम सर्टलिष्ट गरिएको छनौट तथा सिफारिस समितिले जनाएको छ । योग्यता र अनुभव प्राप्त व्यक्तिलाई आवेदनका आधारमा ५ जनाको नाम छनोट गरेर सिफारिस गरिएकाे समितिकाे भनाइ छ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेस भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा ५ जनालाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिएको बताइएको छ । अब पाँचै जनाले दिने प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई ईडीका लागि सिफारिस गरिनेछ । र, तीनै जनामध्ये एक जना कोषको कार्यकारी निर्देशक बन्नेछ । सर्टलिष्टिङमा परेका ५ जनामध्ये सबैभन्दा बलियो उम्मेदवार को होला र कसले ईडी पदमा बाजी मार्ला भन्ने विषय चासोका साथ हेरिएको छ । किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की सर्टलिष्टको पहिलो नम्बरमा परेका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । उनले ग्रामिण विकास बैंकको सीईओ भएर पनि काम गरिसकेका छन् । उनले व्यवस्थापनमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन् । सर्टलिष्टमा परेकामध्ये राजेन्द्र पण्डित राष्ट्र बैंकबाट अवकास प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकमा ३० वर्षसम्म काम गरी सेवा अवधिका आधारमा अवकाश पाएका पण्डित राष्ट्र बैंकमा कम्पनी सचिवसम्म भएका थिए । बैंक तथा वित्तिय क्षेत्रबारे राम्राे जानकारी भएका पण्डित पछिल्लाे समय अमेरिकाबाट विद्यावारिधी गर्दैछन् । यस्तै, लेखनाथ शर्मा पंगेनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त कर्मचारी हुन् । उनले राजस्व परामर्श बोर्डको सदस्य भएर पनि काम गरिसकेका छन । उनले अर्थमन्त्रालय र मातहतका निकायमा तीन दशक लामो समय काम गरेका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उनको घर स्याङ्जा हो । नेपालको प्रतिनिधित्व गर्दै विभिन्न अन्तर्राष्ट्रिय फोरम तथा द्धिपक्षिय वार्तामा समेत सहभागी हुने अवसर पंगेनीले प्राप्त गरेका छन् । साथै, अर्थमन्त्रालयको राजश्व महाशाखामा रहेर बजेट निर्माणमा संलग्न रहेको उनी बताउँछन् । सर्टलिष्टमा परेका उम्मेदवारहरूमध्ये एक मात्रै निमित्त सहसचिव पंगेनी सूचना विभागको महानिर्देशक समेत बनेका थिए । यस्तै, युवा तथा स्वरोजगार कोषका हालका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी पनि सर्टलिष्टमा परेका छन् । पूर्व बैंकर रहेका उनले तत्कालीन ओम डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरिसकेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा उनको अनुभव २५ वर्षभन्दा बढी छ । डा. शिवहरी श्रेष्ठले नेपाल खाद्य संस्थानमा चार वर्ष महाप्रबन्धक भएर काम गरिसकेका छन् । उनले राष्ट्रिय बीमा संस्थानको प्रशासक भएर पनि काम गरिसकेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर काम गरेका थिए । र, नेपाल औद्योगिक विकास निगममा उनले साढे दुई दशक काम गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको छात्रवृत्तिमा अर्थशास्त्रमा विद्यावारिधि पनि गरेका छन् । पाँचै जनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुस १७ गते नागरिक लगानी कोषको कार्यालयमा बोलाइएको छ । सीआईटीको ईडी बन्न १० जनाको प्रतिस्पर्धा, बहालवाला सीईओदेखि सहसचिवसम्मको संघर्ष
नेरुडे लघुवित्तले पनि लाभांश नदिने
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत पुस ९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।