इसेवा मनि ट्रान्सफरले चौथो वार्षिकोत्सव मनाउँदै
काठमाडौं । इसेवा मनि ट्रान्सफरले चौथो वार्षिकोत्सव मनाउँने भएको छ । ४ वर्ष अघि स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तराष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ। डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु, १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट,साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन् । कार्य सञ्चालनमा आए संगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९र८० मा रेमिट्यान्स भित्राउँन एक महत्वपूर्ण योगदान पुरएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ। चौथो वार्षिकोत्सवको अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘कार्य सञ्चालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ । हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण सुभचीन्तक हरुलाई दिन चाहान्छु।’ उनले अगाडि भने, ‘डिजिटल माध्यमलाई प्रोत्साहन गर्दै यो वर्ष पनि हामीले ‘मेरो डिजिटल देश’ अभियान लाई निरन्तरता दिएक छौ, जस्मा एक जना भाग्यशाली विजेताले फेरी पनि जित्न सक्ने हुन्छ काठमाडौंमा नयाँ घर। सबैको पहिलो रोजाइ बनेर बैधानिक रुपमा डिजिटल माध्यमबाट कम शुल्कमा रेमिट्यान्स आयातमा सहजता ल्याई हरेक विदेशिएका नेपाली र उनीहरुको परिवारमा खुशी ल्याउनु नै आगामी दिनहरुमा हाम्रो मूल लक्ष्य रहने छ।’
ज्योति विकास बैंकले १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई गर्यो सम्मान
काठमाडौं । ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय सेवा, समर्पण र योगदानका लागि सम्मान गरेको छ । बैंकको उद्देश्य र ध्येय प्राप्तिको लागि स्थापित मूल्य मान्यताहरुको जडमा बैंकको परिवर्तनको ज्योति फैलाउने संकल्पमा १५ वर्षसम्म अनवरत रुपमा सहयात्रा गरेका कर्मचारीहरुलाई सम्मान गरिएको हो । बैंकको केन्द्रीय कार्यालयमा आयोजित सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले कर्मचारीहरुलाई सम्मानित गर्नुका साथै कर्मचारीहरुको जीवन बीमा परिपक्वताको रकम पनि हस्तान्तरण गरेका हुन् । सम्मानित हुनेहरुमा विकास रानाभाट, प्रमिला केसी, जमुना रिसाल, अनिता राई र होम कुमारी बस्नेत रहेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ढकालले कर्मचारीहरूले वर्षौंदेखि बैंकमा गरेको समर्पण प्रति हार्दिक आभार व्यक्त गर्दै १५ वर्षको गौरवपूर्ण सहयात्रालाई सफल र सबल बनाउन सफल हुने कर्मचारीहरू प्रति अत्यन्त अनुगृहीत रहँदै हार्दिक कृतज्ञता ज्ञापन गरे । साथै अबको यात्रामा पनि सोहि अनुरुपको योगदान रहनेमा विश्वास प्रकट गरे । आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ । सोहि मान्यता अनुरुप भर्खरै मात्र ज्योति विकास बैंकले १५ जना शारीरिक रुपले भिन्न रुपमा सक्षम नागरिकलाई कृत्रिम हात प्रदान गरेको थियो। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको छ । ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
सानिमा रिलायन्सको जीवन बीमा कोष साढे १३ अर्ब
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्राे त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको सेयर पूँजी ४ अर्ब १८ करोड रहेको छ । चालु आर्थिक वर्षको तेस्राे त्रैमाससम्ममा गत आर्थिक वर्षको तुलनामा ९२.९४ प्रतिशतले नाफा वृद्धि गर्दै ३० करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिमा जम्मा १५ करोड ७९ लाख रुपैयाँ थियो । कम्पनीको महाविपत्ति कोषमा १२ करोड ६९ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९१ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार २४.१४ प्रतिशतले वृद्धि भएर १३ अर्ब ५५ करोड पुगेको विवरणले देखाएको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ११८.९३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ९५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । ४ अर्ब १ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११७.०७ प्रतिशतले वृद्धि भएको पाइन्छ । समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २६ करोड १९ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३८ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । प्रतिशेयर आम्दानी ९.७१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२६.९९ रुपैयाँ रहेको कम्पनीले ४३ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ ।