काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोदकुमार साहको राजीनामा स्वीकृत भएको छ ।
संस्थाले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगायतका निकायलाई दिएको जानकारीअनुसार सर्वसाधारण सेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याका कारण राजीनामा दिएका थिए ।
उनको राजीनामा असोज २३ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको २९४औँ बैठकले स्वीकृत गरेको हो ।
संस्थाले असोज २४ गते पत्र जारी गर्दै राजीनामा स्वीकृत भएको जानकारी सम्बन्धित निकायलाई गराएको हो ।