फेडेरल र निर्माको सहकार्यमा सुरु भयो न्युजलेटर ‘नेप्सुरेन्स’

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेड र नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एसोसिएसनको सहकार्यमा सोमबार पहिलो न्युजलेटर नेप्सुरेन्सको शुभारम्भ भएको छ । फेडेरल र निर्माबीच गत माघ ९ गते बीमा, जोखिम व्यवस्थापन तथा सामाजिक सुरक्षाको क्षेत्रमा क्षमता अभिवृद्धि, खोज तथा अनुसन्धान साथै जागरण कार्यक्रमहरुको लागि दीर्घकालीन सहकार्य गर्ने सम्बन्धी रणनीतिक समझदारी गरिएको थियो । फेडेरल र निर्मा बीचको साझेदारीले नेपालमा बीमा र जोखिम व्यवस्थापन परिदृश्यलाई सहयोगी गतिविधिहरूको शृंखलामार्फत बृद्धि गर्ने लक्ष्य राखेको छ । नेप्सुरेन्स दुई कम्पनीको संयुक्त प्रयासमा पहिलो कदम हो । जसले बीमा व्यवसायी र आम जनतालाई बहुमूल्य अन्तर्दृष्टि, सूचना तथा जानकारी उपलव्ध गराउन मदत गर्दछ । नेप्सुरेन्सले विश्वव्यापी र स्थानीय बीमा उद्योगका गतिविधि, विशेषज्ञ अन्तर्दृष्टि, सरोकारवालाको द्धष्टिकोण, बीमा जागरुकता सम्बन्धी लेखहरु र नियामक परिवर्तनहरुमा हुने अद्यावधिकहरु जस्ता विभिन्न क्षेत्रलाई समेटी पाठकहरुलाई ज्ञानवद्र्धक सुचना तथा अभिलेखहरु प्रदान गर्नेछ ।

प्रभु बैंक र स्वीस कन्ट्याक्टबीच कृषि कर्जाका लागि सम्झौता

काठमाडौं । प्रभु बैंक र स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २ बीच सम्झौता भएको छ । सोमबार कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुक व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकनेक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘ग्रोइङ टुगेदरस् अ सस्टेनेबल एग्रिकल्टर इनिटिएटिभ फर कोशी प्रोभिन्स’ नामक परियोजनाका लागि सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा स्वीसकनेक्टरनेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम फेज २का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैंकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता र व्यवसायिक साक्षरता सहज रुपमा उपलब्ध गराइने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखा स्थानान्तरण

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका दुई शाखाहरु स्थानान्तरण गरिएको छ । इन्स्योरेन्सको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिका स्थित वडा नं. ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण गरिएको छ । ग्राहकहरुलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले उक्त शाखा कार्यालयहरु स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीबन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने र आफ्ना ग्राहकमहानुभावहरुलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा शाखाहरु स्थानान्तरण गरि ग्राहकहरुलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने जनाएको छ ।