कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई जय सिद्धबाबा चस्मा पसलमा छुट हुने भएको छ । बैंकले बुटवल, रुपन्देही स्थित जय सिद्धबाबा चस्मा पसलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंक सँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकका ग्राहकले ग्यास्ट्रो सेन्टर बुटवलमा २० प्रतिशत छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्यास्ट्रो सेन्टर बुटवलबीच समझदारी भएको छ । बैंक र मैत्रीपथ, बुटवल स्थित ग्यास्ट्रो सेन्टर बुटवलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ग्यास्ट्रो सेन्टर बुटवलका सेवामा २० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंककले जनाएको छ ।

आइजीआई प्रुडेन्सियलको वृक्षारोप र साइकल र्‍याली सम्पन्न

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा वृक्षारोप तथा साइकल र्‍याली आयोजना गरेको छ । उक्त र्‍याली बिहान ६ः०० बजे कम्पनीको केन्द्रिय कार्यालय, नारायणचौर, नक्शाल, काठमाडौंबाट शुरु गरी नारायणचौर, नक्शाल भवगती वहाल, चारखाल, पुतलीसडक, प्रदर्शनीमार्ग भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, रत्नपार्कबाट दरवारमार्ग हुँदै पुनः नारायणचौरसम्म आयोजना गरी वातावरणलाई स्वच्छ राखौं, हाम्रो धर्ती हाम्रो जीवन, नेपाल आमाको जयहोस, जीवनभर वातावरण मैत्री कार्यमा हात बढायौं, प्रकृति प्रेमीलाई जीवनभर दुःख हुँदैन, सफा आकाश र सफा हृदय मानिसको पहिचान हो जस्ता नारा सहित विश्व वातावरण दिवस भव्य र सभ्यताका साथ मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत कर्मचारीहरु, अभिनेत्री–साहसी पर्वतारोही तथा समाजसेवी छिरिङ्ग शेर्पा, लायन्स क्लब अफ काठमाण्डौं पिस आइडलका पदाधिकारी तथा प्रतिनिधीहरु तथा स्पार्क ग्रुपका प्रतिनिधीको उपस्थिति थियो । वातावरण दिवसको अवसरमा नेपालको इतिहासमा पहिलोपटक निर्जीवन बीमाको तर्फबाट आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडका कर्मचारीहरुले नारायणचौरमा नेपालको झण्डाको साथमा मानव निर्मित कम्पनीको लोगो बनाएर हर्षउल्लासका साकइकल र्‍यालीमा सहभागि भएका थिए । उक्त कार्यक्रमको समापन समारोहका अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले ‘वातावरण जोगाऊ, साईकलको प्रयोग गरौ, स्वस्थ्य भएर जीवन जीउँ’ भन्ने भावका साथ लाईन्स क्लब अफ काठमाडौं पिस आइडियलका प्रतिनिधीहरुलाई विभिन्न जातजातका बिरुवाहरु हस्तान्तरण गरे ।