फेडेरल ‍रिइन्स्योरेन्सका सीईओले पाए ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ’ अवार्ड

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकरका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) विशालदीप अधिकारी ग्लाेबल सीईओ एक्सिलेन्समा सम्मानित भएका छन् । उनी ‘मस्ट पाओनियरिङ रिइन्सुरेन्स ब्रोकिङ सीई‌ओ-२०२४’बाट सम्मानित भएका हुन् । सीई‌ओ मन्थ्ली, एआई ग्लाेबल मिडिया, युकेअन्तर्गतको प्रतिष्ठित प्रकाशन हो । जसले विश्वभरका उद्योगहरूमा नेतृत्वदायी व्यक्तित्वहरूको उत्कृष्टता पहिचान र सम्मान गर्छ । सीईओ अधिकारीले फेडेरल रिइन्स्योरेन्स ब्रोक लिमिटेडकाे नेतृत्व गर्दै स्थानीय बीमा कम्पनीका कर्मचारीहरूलाई तालिम प्रदान गर्ने कार्यक्रम र बीमा तथा पुनर्बीमा उद्योगमा नवीनतम प्रवृत्तिहरूको जानकारी दिन न्यूजलेटर प्रकाशन जस्ता विभिन्न पहलहरू अघि सारेका छन् । यसका साथै अधिकारीले विभिन्न कलेजका विद्यार्थीहरूलाई बीमा तथा पुनर्बीमा सम्बन्धी ज्ञान प्रदान गरेका छन् । फेडेरल रिइन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालमा पुनर्बीमा क्षेत्रको अग्रणी कम्पनीको रूपमा स्थापित भइ उद्योगको व्यावसायिक विकास र नवाचारलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ ।

सेयर बजार ३२ अंकले घट्यो, चार अर्ब ८४ करोडको सेयर कारोबार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज परिसूचक ३२.८१ अंकले ओरालो लागेर दुई हजार चार सय ८६.७६ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.३४ अंकले ओरालो लागेर सात सय ४७.४५ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ । कूल एक करोड ३६ लाख ९१ हजार पाँच सय ९६ कित्ता सेयर चार अर्ब ८४ करोड १४ लाख सात हजार सात सय २० रुपैयाँ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार विन नेपाल लघुवित्त ९.८५, बोटलर्स नेपाल बालाजु पाँच दशमलव शून्य छ, एसबिएल डिवेञ्चर पाँच दशमलव शून्य पाँच, एनआइसी एसिया डिवेञ्चर ४.५६ र एनएमबी डिवेञ्चरका लगानीकर्ताले चार दशमलव शून्य तीन प्रतिशतले कमाएका छन् । ग्रीन भेञ्चर्स १०, दोर्दी खोला हाइड्रोपावर ७.६९, अपि पावर कम्पनी ७.४६, थ्री स्टार हाइड्रोपावर ७३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले छ दशमलव ६७ प्रतिशतले गुमाएका छन् ।

नेपाल एसबिआई र चार्टर्ड एकाउण्टेण्ट्स संघको सहकार्यमा अन्तरक्रिया हुने

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको प्राविधिक सहकार्य तथा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघको आयोजनामा नामक एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयविज्ञ, अग्रज व्यक्तित्व तथा लगानीकर्ताहरूको उपस्थितीमा यहि मिति २०८१ असोज ११ गते काठमाडौं मेरियट होटलमा उक्त कार्यक्रम सञ्चालन हुने भएको हो । उक्त कार्यक्रमबाट नेपालमा वैदशिक लगानी प्रोत्साहन हुने तथा सो सम्बन्धी बहुआयामिक विषयहरूमा विभिन्न सरोकारवालाहरूको छलफलबाट देशमा लगानीको वातावरणमा सुधार हुने र लगानी व्यवस्थापन कार्यमा समेत थप टेवा पुग्ने विश्वास नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले लिएको छ। नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडले भारतको एसबिआई क्यापिटल मार्केट्स लिमिटेड (एसबिआईक्याप्स्) सँग संस्थागत परामर्श सेवाका लागि प्राविधिक सहकार्य समेत गरिरहेको छ। संस्थाले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्बन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।