२ लघुवित्तको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । पुँजी बजारमा सूचीकृत दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् । गुराँस लघुवित्त र आशा लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिने प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री प्रसाद दुलालले जानकारी दिए । यस्तै गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले नवौं वार्षिक साधारण सभा असोज २९ गते बिहान ९ बजे धनकुटामा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले असोज १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
२ महिनामा निर्जीवन बीमाको व्यापार करिब ८ अर्ब, अर्ब क्लबमा सलिको मात्रै
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ) मा निर्जीवन बीमा कम्पनीहरूले करिब ८ अर्ब रुपैयाँको व्यापार गरेका छन् । ४ लघुसहित १८ निर्जीवन बीमा कम्पनीहरूले ७ अर्ब ८५ करोड ७० हजार रुपैयाँ बढीको व्यापार गरेका हुन् । जसमध्ये सबैभन्दा धेरै व्यापार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले गरेको छ । सलिकोले एक अर्ब एक करोड २१ लाख रुपैयाँ बढी कुल बीमाशुल्क संकलन गरेको छ । सलिको यो दुई महिनामै अर्ब रुपैयाँ बीमाशुल्क संकलन गर्ने एक्लो कम्पनी बनेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८१ करोड ३३ लाख, शिखर इन्स्योरेन्सले ७२ करोड ३४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख, आइजीआई प्रुडेन्सियलले ५८ करोड १ लाख, राष्ट्रिय बीमा कम्पनीको ५४ करोड ५३ लाख र एनएलजी इन्स्योरेन्सले ४८ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कुन कम्पनीको व्यापार कति ?
सिटी वालेटको चाडपर्व स्किम, प्रति रेमिट भुक्तानी गर्दा ७ सयसम्मको क्यासब्याक
काठमाडौं । सिटी वालेटले दशैंतिहार र छठ पर्वको अवसरमा विशेष योजना घोषणा गरेकाे छ । सिटी वालेटले ग्राहकले आफै रेमिट भुक्तानी गर्ने प्रक्रियालाई प्रोत्साहन गर्न क्यासब्याकसम्बन्धी विभिन्न स्किम घोषणा गरेको हो । ५ हजारभन्दा बढी रकमको रेमिटान्स सिटी पे वालेटमार्फत प्राप्त गर्दा सिटी पे प्रोमोकोड प्रयोग गरी २ सय रुपैयाँ रकम बराबरको बोनस ब्यालेन्स तथा हरेक दिन रेमिटान्स भुक्तानीमा पहिलो १८ ग्राहकलाई ५०० रुपैयाँ बराबरको बोनस गरी कुल ७ रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । विदेशस्थित सिटी एक्सप्रेसका पार्टनर रेमिट कम्पनीबाट सिधै वालेट लोड कारोवार गर्ने वालेटले समेत उक्त क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । साथै दशैंतिहारलाई लक्षित गरी आन्तरिक उडान बुकिङमा समेत आकर्षक क्यासब्याकको अफर ल्याइएको छ । सिटी पे एपमार्फत आन्तरिक उडानको टिकट बुकिङ गर्दा फ्लाइट २०० प्रोमो कोड प्रयोग गरी ३०० रुपैयाँभन्दा बढीको क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । सिटी वालेट प्राइभेट लिमिटेडका प्रमुख ब्यवसायिक अधिकृत प्रकाश चालिसेले चाडबाडको समयमा ग्राहकहरूका लागि आकर्षक अफरहरू राखेकाे बताए । सिटी पे वालेटमार्फत सिटी एक्सप्रेस मनी ट्रान्सफर , कुमारी रेमिट, नविल रेमिट , सिद्धार्थ रेमिट, सिटिजन रेमिट, एभरेष्ट रेमिट, पृथ्वी रेमिटलगायतका रेमिट भुक्तानी गर्न सकिन्छ ।