२० करोड नाफा गरेको प्रभु इन्स्योरेन्सका यस्ता छन् अन्य सूचक

काठमाडौं । प्रभु इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.८४ प्रतिशत घटेर २० करोड २ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३९ करोड १४ लाख ६५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीले कुल बीमा शुल्क १ अर्ब १६ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ११ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १६ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड २२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले ७२ करोड ६१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ४४ करोड १३ हजार रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ५३ करोड ३७ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ, महाविपत्ति कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २९ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३७.९३ रुपैयाँबाट घटेर १८.५३ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४९ गुणा रहेको छ ।  

१६.२१ प्रतिशत बढ्यो सानिमा जीआईसीको नाफा, १.६८ अर्ब रुपैयाँ संकलन गर्याे बीमा शुल्क

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १६.२१ प्रतिशत बढेर २३ करोड ३५ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १० प्रतिशत बढेर १ अर्ब ६८ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ५३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी २७ करोड ७४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले १ अर्ब २ करोड ६४ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६९ करोड २८ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९४ करोड ७७ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६६ करोड ६ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ७० करोड १४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २८ करोड ९६ लाख रुपैयाँ र अन्य इक्विटीमा १३ करोड १७ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १३.४० रुपैयाँबाट बढेर १५.५७ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३७.५४ गुणा रहेको छ ।  

एनएलजी इन्स्योरेन्सको बीमा शुल्क ७.६९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनएलजी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ९.७८ प्रतिशत घटेर १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १३ करोड ६७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ७.६९ प्रतिशत बढेर १ अर्ब ८७ करोड ६३ लाख आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४४ करोड ६४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ९३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।  चैतसम्म कम्पनीले १ अर्ब ४ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८६ करोड ६५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा ७१ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।  २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८९ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.४९ रुपैयाँबाट घटेर ६.५७  रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३४.६४ गुणा रहेको छ ।