एनएमबि बैंकद्वारा एक्यान सदस्यलाई लक्षित वित्तीय सेवाहरूको घोषणा

काठमाडौं । एनएमबि बैंकले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल एक्यानसँग सम्झौता गरेको छ । एक्यानमा आबद्ध रहेका सदस्यहरूलाई लक्षित गरी विशेष वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धता बैंकले उक्त सम्झौतामा उल्लेख गरेको छ । यो सहकार्य एनएमबि बैंकको समावेशी र मूल्य-आधारित बैंकिङ सेवाको प्रतिबद्धता र नेपालमा रहेका पेशागत समुदायलाई टेवा प्रदान गर्ने उद्देश्यले सम्पन्न गरिएको हो । एनएमबि बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन र आर्थिक विकासमा उनीहरूको भूमिकालाई मान्यता दिँदै विशेष सेवा तथा ऋण योजनाहरू प्रस्तुत गरेको हो। एक्यान सदस्यहरूले बैंकबाट कर्जा उपभोग गर्दा ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड तथा ग्रीन सेभिङ खातासहितका डिजिटल र कार्ड सेवाहरूको उपभोग गर्न सक्नेछन्। साथै, एनएमबिको प्राथमिक बैंकिङ सेवा अन्तर्गत व्यक्तिगत सम्बन्ध व्यवस्थापन तथा विशेष सुविधाहरू पनि प्रदान गरिनेछ । यो प्रयास एनएमबि बैंकको पोर्टफोलियो विस्तार गर्ने साथै पेशागत वर्गहरुलाई पहुँचयोग्य तथा दीगो बैंकिङ समाधान प्रदान गर्ने लक्ष्यको प्रतिबिम्ब हो । हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

टोयोटा फर्च्यूनर र टाटा सुमो बेच्दै ग्रामीण विकास लघुवित्त, मूल्य १ लाखदेखि २१ लाखसम्म

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । लघुवित्त संस्थाले आफ्नो नाममा रहेका २ वटा सवारी बिक्रीमा राखेको हो । लघुवित्तका अनुसार बा८च २५५ नम्बरको २०१० मोडलको टोयोटा फर्च्यूनर र बा७च ११०८ नम्बरको २००९ मोडलको टाटा सुमो भिक्टा जीएक्स गाडी बिक्रीमा राखिएको हो । दुइटै गाडीको सिट क्षमता ७ जनाको रहेको लघुवित्तले जनाएको छ ।  टोयोटाको मूल्य न्यूनतम २१ लाख रुपैयाँ र टाटा सुमोको १ लाख रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुकले जेठ २० गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । उक्त सवारी साधन जहाँ जे अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने लघुवित्तले जनाएको छ ।  बोलपत्र फाराम शुल्क २ हजार रुपैयाँ तोकिएको छ । बोलपत्र स्वीकृत भएको ७ दिनभित्र सम्झौता गर्नुपर्नेछ । यदि नगरे बोलपत्र रद्द गरी धरौटी जफत गरिनेछ । बोलपत्रमा कवोल गरेको रकम ५ प्रतिशत अगाडि नै जम्मा गर्नुपर्नेछ  ।

बीमा योजनामा १० लाखसम्मको सुरक्षा, सानिमा रिलायन्सको लोकप्रिय योजना

काठमाडौं । अन्नपूर्ण कास्कीमा जन्मिएर हाल पोखरा मालेपाटनलाई कर्मथलो बनाई रहेका व्यक्तीत्व हुन्, श्याम गुरूङ । उनी पोखरामै रेष्टुरेन्ट व्यवसायमा सफलता हासिल गरी सन् २०१८ देखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा आबद्ध छन् । लायन्स क्लबका अञ्चल अध्यक्ष र सल्यानी समिति कास्कीका सचिव समेत बन्न सफल भएका गुरूङ लगातार ४ पटक सानिमा रिलायन्स बनिसकेका छन् । हाल उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रोडक्ट एडभोकेटको रुपमा कार्यरत छन् । सानिमा रिलायन्स शुभ लक्ष्मी जीवन बीमा योजनामा उनी प्रोडक्ट एडभोकेट रहेको कम्पनीले जनाएको हो । 'शुभलक्ष्मी जीवन बीमा' योजनाको बारेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संचालन गरेको शुभलक्ष्मी जीवन बीमा योजनामा ग्राहकहरूको लोकप्रियता बढ्दै गएको अवस्था छ। एक त उक्त बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने कम्पनीले जनाएको छ भने अर्कातिर बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो योजना उत्तम मानिएको छ। मध्यम वर्गीय परिवारलाई लक्षित गरिएको सो योजनामा ग्राहक आकर्षित भएको जनाइएको छ। सानिमा रिलायन्स लाइफको शुभ लक्ष्मी जीवन बीमा योजनाका विशेषताहरु यस योजनाले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्छ भने बीमितको प्राकृतिक कारणबाट मृत्यु भएमा बीमाङ्कको २ गुणा र दुर्घटनाको कारणबाट मृत्यु भएमा ३ गुणा रकम हकवालालाई भुक्तानी गरिने व्यवस्था रहेको छ । त्यस्तै,विभिन्न १८ वटा घातक रोगमध्ये कुनै पनि एउटा रोगको पहिचान भएमा १० लाख रुपैयाँ बीमाङ्कसम्मको एकमुष्ट भुक्तानी गर्ने र बीमितलाई उपचारका लागि रकम जुटाउने तनाबबाट मुक्ति दिलाउँने जनाइएको छ। हाल, कुनै बीमितले १० लाख बीमाङ्क भएको शुभ लक्ष्मी जीवन बीमा योजना खरिद गरेमा बीमा अवधि सकिएपछि १० लाख रुपैयाँसँगै पूरा अवधिभर आर्जित बोनस पनि एकमुष्टमा प्राप्त गर्ने समेत व्यवस्था रहेको छ । त्यस्तै, बीमा अवधि नसकिँदै बीमितको दुर्घटनाका कारण मृत्यु भयो भने हकवालालाई यो पोलिसी अनुसार ३० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा भुक्तानी गरिनेदेखि प्राकृतिक मृत्यु भएका हकमा भने हकवालाले २० लाख रुपैयाँ र आर्जित बोनस एकमुष्टमा पाउने कम्पनीले जनाएको हो । यस्तो छ उमेरहद सोही बीमा योजना १८ वर्ष पूरा भएर ६० वर्ष ननाघेका जो कोहीले पनि खरिद गर्न सक्नेछन् भने उक्त बीमा योजनाको अवधि न्यूनतम १० देखि अधिकतम ५२ वर्षसम्मको हुन सक्ने व्यवस्था गरिएको छ । सोही योजना अन्तर्गत बीमितले आफ्नो आर्थिक क्षमता अनुसार २५ हजार देखि १० लाख रुपैयाँसम्मको बीमाङ्क रकम रहेको बीमालेख खरिद गर्न सक्नेछन् तथा १८ वर्षकै उमेरमा यो बीमा योजनाको अधिकतम अवधितर्फको बीमालेख खरिद गर्ने बीमित ७० वर्षको हुँदा उसको बीमा म्याच्युर हुने सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको हो। साथै, बीमाशुल्क बुझाउँनको लागि पनि बीमितले वार्षिक, अर्धवार्षिक र त्रैमासिक गरी तीन तरिकाले प्रिमियम भुक्तानी गर्न मिल्ने बताउँदै कम्पनीले जवानीमा गरेको सानो बचतले बुढेसकालमा १० लाख रुपैयाँ र आर्जित बोनस रकम एकमुष्टमा भुक्तानी दिलाउने भएकाले सो योजना लोकप्रिय बन्दै गएको कम्पनीले जानकारी दिएको छ ।