राजश्व कार्यालय र बैंक शनिबारपनि खुल्ने, आज ५ बजेसम्म

काठमाडौँ । करदाताहरुलाई विवरण तथा राजश्व दाखिला गर्ने सुबिधाका लागि चैत ३० गते शनिबार पनि राजश्व विभाग अन्तरगतका कार्यालय र राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा खुल्ने भएका छन् । विभागले सूचना प्रकाशित गरी शनिवार पनि कार्यालय खुला रहने जनाएको हो । त्यसैगरी, आज शुक्रबार समेत राजश्व विभाग अन्तरगतका कार्यालय, राजश्व संकलनको अनुमति पाएका बैंकका शाखा तथा काउण्टरहरु र अन्य बैंकहरु समेत ५ बजेसम्म खुला रहने जनाएको छ ।

सिभिल क्यापिटलको विशेष साधारण सभा, चुक्ता पूँजी २५ करोड पुर्याउने प्रस्ताव पारित

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा विहीबार सम्पन्न भएको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी २५ करोड हुने प्रस्ताव पारित गरेको छ । जसमध्ये कम्पनीका संस्थापकले तत्काल कबुल गरेको चुक्ता पूँजी २१ करोड २५ लाख हुने छ । सो पूँजीलाई प्रति शेयर १०० का दरले २१ लाख २५ हजार कित्ता साधारण शेयरमा बिभाजन गर्ने प्रस्ताव पनि पारित गरेको जनाइएको छ । कम्पनीले जारी पूँजीको १५ प्रतिशत साधारण शेयर सर्वसाधारणको लागि छुट्याएको जनाएको छ ।

एनआईसी एशिया बैंकको ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ संचालन गरेको छ । नेपाल राष्ट्र बैंकको ‘समृद्धसँग जोडौँ नाताः सबै नेपालीको बैंक खाता’ भन्न नारा सहित ‘खोलौ बैंक खाता अभियान २०७६’ अभियानमा एकाकार गर्दै एनआइसीले ‘समृद्ध नेपाल सुखी नेपाली बचत खाता’ सञ्चालन गरेको हो । २०७६ वैशाख १ गते देखी लागु हुने उक्त बचत खाता खोल्ने व्यक्तिहरुलाई बैंकले रु. १०० नगद खातामा जम्मा गरि दिने जनाएको छ ।