वार्षिकोत्सवको अवसरमा सनराइजले विभिन्न स्थानमा गर्यो स्वास्थ्य परीक्षण

काठमाडौँ । सनराइज बैंकले आफ्नो १२औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरेको छ । बैंकको भैसीपाटी, बिराटनगर, भैरहवा, गुठीचौर र धनगढी शाखाबाट स्वास्थ्य परिक्षण शिविर कार्यक्रम गरेको हो । त्यसैगरी बंैकले ९ गते राजबिराज र ११ गते बेशिसहर शाखामा स्वास्थ्य परिक्षण शिविर आयोजना गर्ने जनाएको छ ।

एनआईसी एशियाले गर्यो खातावालाहरुलाई बीमा रकम भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले ल्याएको बचत खाताको योजना अन्तर्गत विभिन्न खातावालहरुलाई बीमा सुविधा अन्तर्गतको बीमा रकम दाबी भुक्तानी गरिएको छ । बैंकको सुनवल शाखाका न्यू प्रिमियम समुन्नती बचत खातावाहक देउप्रसाद गुरुङ दुर्घटनामा परी निधन भएका कारण खातावालकी श्रीमती रनसुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम रु ४,९१,२५३/- भुक्तानी गरिएको छ । यसैगरी बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंको भोटाहिटी शाखाकी चमत्कारिक नारी बचत खातावाहक मीना चित्रकारलाई रु २६,५१९/-, नेपालगञ्ज शाखाकी चमत्कारिक बचत खातावाहक तारा कुमारी बुढाथोकीलाई रु ६७,९३३/-, कलंकी शाखाका चमत्कारिक तलब बचत खातावाहक ज्ञान बहादुर पराजुलीलाई रु ५९,९०४/-, झापा केचनाकवल शाखाकी चमत्कारिक बचत खातावाहक पद्मा मिश्रलाई रु १०,४३९/- र झापा झिलझिले शाखाका चमत्कारिक बचत खातावाहक शंकर थापालाई रु २८,७५०/- रकम भुक्तानी गरेको जनाएको छ ।

कर्पाेरेट ब्याडमिन्टन टुर्नामेन्टमा कामना सेवाको जित

काठमाडौँ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजित ‘अन्नपूर्ण पोष्ट कर्पाेरेट र एक्जिक्यूटिभ ओपन ब्याडमिन्टन टुर्नामेन्ट’ मा कामना सेवाविकास बैंकले एकल र संयुक्त दुवैतर्पm जित हासिल गरेको छ । असोज ६ देखि १२ सम्म सञ्चालन भएको उक्त प्रतियोगितामा एकलतर्पm कामना सेवा विकास बैंकका शाखा प्रमुख विशाल खड्का र संयुक्ततर्फ विशाल खड्का एवम् विश्वास नेपालले जित हासिल गरे । प्रतियोगिताका हालसम्मका ६ वटै संस्करणमा विजेता रहेका विशालले फाइनलमा ज्योति विकास बैंकका विकास महर्जनलाई २१-१२ र २१-१३ को सजिलो सेटमा पराजित गर्न सफल भए । विजेता कर्मचारीलाई कामना सेवा विकास बैंकले केन्द्रीय कार्यालय ज्ञानेश्वरमा बधाई सहित सम्मान गरेको थियो ।