ग्लोबल आईएमई बैंकको सीईओमा क्षेत्री र सिनियर डिसीईओमा ढकाल नियुक्त
काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् । मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई बैंकका का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले मर्जपछि बनेको ग्लोबल आईएमई बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत(सिनियर डिसीईओ) को कार्यभार सम्हाल्ने भएका छन् । मंसिर २० गते बसेको बैंक संचालक समितिको बैठकले कम्पनीको सीईओ र सिनियर डिसीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
लक्ष्मी बैंकको १२०औं शाखा झापाको काँकडभिट्टामा
काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२० औँ शाखा झापाको काँकडभिट्टामा संचालनमा ल्याएकोे छ । उक्त नयाँ शाखामार्फत बैंकले रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दै आएको हो । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १ सय २० शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १ सय ४५ एटिएम, २ हजार ५ सय भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
छिमेक लघुवित्तको कामु सीईओमा चोलराज शर्मा नियुक्त
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् । शुक्रबार बसेको संस्थाको संचालक समितिको बैठकले शर्मालाई आगामी पुस १ गतेदेखि लागु हुने गरी कामु सीईओ पदमा नियुक्त गरेको हो । हाल संस्थाको सीईओको कार्यभार रामचन्द्र जोशीले सम्हालेका छन् । उनको पदावधि यहि मंसिर ३० गते सकिने भएकाले संचालक समितिले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त नहुन्जेलसम्मका लागि शर्मालाई उक्त पदमा नियुक्त गरेको हो । संस्थाको सहायक महाप्रबन्धक पदको कार्यभार सम्हाल्दै आएका जोशीले आगामी पुस १ गतदेखि संस्थाको कामु सीईओको कार्यभार सम्हाल्ने छन् ।