जानकी फाइनान्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न, २२ प्रतिशत लाभांश पारित

काठमाडौं । जानकी फाइनान्स कम्पनीको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष रघुनाथ प्रसाद साहको सभापतित्वमा जनकपुरधामस्थित होटल मानकी इन्टरनेशनल प्रा.लि.मा सम्पन्न भएको हो । सभाले कम्पनीको प्रस्तावित २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश पारित गरेको छ । त्यस्तै, जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । साथै, संस्थाले आफ्नो वित्तीय कारोबार ३ जिल्लाबाट विस्तार गरी प्रदेश नं.२ को ८ वटै जिल्ला कायम गर्ने जनाएको छ ।

कालिका र जनसेवी लघुवित्तबीच एकिकृत कारोबार शुरु, चुक्ता पुँजी २५ करोड नाघ्यो

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्थाबीच एकिकृत कारोबार शुरु भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै दुई संस्थाबीच बुधबारदेखि एकिकृत कारोबार शुरु भएको हो । राष्ट्रिय स्तरको कालिका लघुवित्तसँग जनसेवी लघुवित्त गाभिए पश्चात स्याङ्जा स्थित कालिका लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयबाट एकिकृत कारोबारको शुरुवात भएको हो । गाभिएपश्चात बनेको नयाँ संस्थाको नयाँ सञ्चालक समितिका अध्यक्ष विकास गौचनको अध्यक्षता राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेलको प्रमुख आतिथ्यता र पुर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीको आतिथ्यतामा एकिकृत कारोवार शुरु भएको संस्थाका प्रमुख कार्यकारी अधिकृतमिन बहादुर बोहराले बताए । मर्जर पश्चात बनेको संस्थाको चुक्ता पुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ । संस्थाले हाल २८ वटा जिल्लामा ९६ वटा शाखा संख्या सञ्जाल विस्तार सहित ५९ हजार सदस्यहरुलाई ३९२ जना कर्मचारीहरु मार्फत सेवा पुर्याइरहेको छ । गाभिएपश्चात बनेकाे नयाँ संस्थाले १ अर्ब ४७ लाख रुपैयाँ निक्षेप संकलन सहित सदस्यहरुलाई २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कर्जा सेवा दिइरहेको संस्थाका नायब कार्यकारी अधिकृत कमल बहादुर खत्रीले जानकारी दिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मिन बहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखाहरु विस्तार सहित शेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना रहेको बताए ।

आरएमडीसी लघुवित्तका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने निश्चित

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने भएका छन् । बुधबार सम्पन्न संस्थाको २१ औं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित गरेसँगै शेयरधनीले सो मात्राको लाभांश पाउने भएका हुन् । सभाले पारित गरेसँगै शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १२.५ प्रतिशत र १२.५ प्रतिशत बोनस पाउने भएका छन् । संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा संचालन मुनाफा ४८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । अधिकृत पुँजी एक अर्ब रुपैयाँ रहेको यस वित्तीय संस्थाको चुक्ता पुँजी १२.५ प्रतिशत बोनस पश्चात ८९ कराेड ९२ लाख रूपैयाँ पुगेकाे छ । संस्थाले आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तसम्ममा ३२ अर्ब ७ करोड रुपैयाँ ऋण लगानी गरेको छ भने सो अवधिमा लगानीमा रहिरहेको बाँकी ऋण रकम ८ अर्ब २२ करोड रुपैयाँ रहेको बताएकाे छ ।