एनआईबिएल सहभागिता फण्ड बिक्री गर्न मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्गतथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात ग्राहकले सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा बिक्री गर्न सक्नेछन् ।
व्यापार गर्न चाहनेलाई बिजनेश क्लिनिक शुरु, नबिल इन्भेष्टले दिँदै छ १६ वटा लगानी तथा वित्तीय क्षेत्रको परामर्श
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैकिंङ्ग लिमिटेडले अँग्रेजी नयाँवर्षको अवसर पारेर संस्थागत परामर्शदाता सेवा अन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुकालागि निकै उपयोगी हुने देखिएको छ । बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न शुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इन्भेष्टमेण्टका लगानी विशेषज्ञहरुद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने देखिन्छ । यस सेवाअन्तर्गत ईक्विटी, लगानी व्यवस्थापन, कर्जातथा ऋण, पूँजी संरचना, दैनिक कार्य संचालन पूँजी व्यवस्थापन सम्बन्धि वित्तीय परामर्श, व्यापार पुनर्संरचना/पुनर्गठन, व्यापार/व्यावसाय विस्तार, व्यापार शुरु गर्ने, सम्पत्ति व्यवस्थापन, पोर्टफोलियो संरचना निर्माण, पोर्टफोलियो फेरबदल/पुनर्संरचना, शेयर खरिद/बिक्री गर्ने निर्णय, निश्चित फिर्ती लगानी, सम्पत्ति/धन व्यवस्थापन, व्यापार रणनीति र बजारीकरण रणनीति सम्बन्धि वित्तीय परामर्श दिने इन्भेष्टमेन्टले जनाएको छ । नेपालमा यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्तितथा संस्थाहरुको लागि निकै नै सहयोगी÷फलदायी हुने कम्पनीले जनाएको छ । यस्तो सेवा सार्वजनिक बिदाको दिन बाहेक प्रत्येक शुक्रवार बिहान १० बजेदेखि दिनको १ः०० बजेसम्म संचालनमा रहने छ । एकपटक यो सेवा लिन आउँदा एक हजार रुपैयाँको टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनःबिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।
आरएमडीसी लघुवित्तले सम्पन्न गर्यो सहकारी व्यवस्थापन तालिम
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सहकारी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाटन शाखाका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका हुन् । कार्यक्रम पुस १९ र २० गते मोरङ्गस्थित गोकर्ण रिसोर्टमा सञ्चालन भएको हाे । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २९ वटा सहकारी संस्थाहरुको ब्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सहकारीको प्रभावकारी ब्यवस्थापन तथा अवको सहकारीले उत्पादन प्रशोधन तथा बजारीकरण लगायतका बिषयमा थप लगानी बढाउनु पर्ने बारेमा पौडेलले चर्चा गरेका थिए । तालिममा प्रशिक्षकहरुले सहकारीको एतिहासिक पृष्ठभुमि, सहकारी अवधारण तथा महत्व, सहकारी सदस्य शिक्षा, व्यवस्थापन तथा विकास र सदस्य स्थाईत्व, ऋण व्यवस्थापन, विश्लेषण र अनुगमनका अवधारणा, महत्व तथा आधारहरु, ऋणको भाखा नाघ्नुको कारण, असर तथा नियन्त्रणका उपायहरुका बारेमा छलफल भयो । साथै, सहकारी संस्था संचालन सम्बन्धी बर्तमान कानुनी व्यवस्था तथा नियमन बिधि, सहकारीका जोखिम बिश्लेषण तथा व्यवस्थापन, सहकारीमा पल्र्स अबधारण, गणना गर्ने तरिका र यसको परिपालना, सहकारीमा सुशासनको महत्व र कायम गर्ने उपायहरुको विषयमा विस्तृत छलफल भएको थियो ।