सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले घरमै बसेर आफ्नो विवरण हेर्न सक्ने

काठमाडाैं । सानिमा लाईफ इन्स्याेरेन्सका बीमितले आफ्नो विवरण घर मै बसेर हेर्न सक्ने भएका छन् । उनीहरूले इन्स्याेरेन्सकाे मोबाइल एप मार्फत आफ्नो विवरण हेर्न सक्ने भएका हुन् । इन्स्योरेन्सले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधा(युजर पाेर्टल) को शुभारम्भ गरेको छ । सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । त्यहाँबाट सर्चमा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिन्छ । साथै, सानिमा लाईफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, सानिमा एडभाइजर्स पाेर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ । बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर इ-सेवा, खल्ती, कनेक्ट आइपीएस, सेल-पे लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।  

नेशनल माइक्रोफाइनान्सले सबै कर्मचारीको गरायो कोरोना बीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थामा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गराएको छ । संस्थाले जनरल इन्सुरेन्सबाट सबै कर्मचारीको १ लाख रुपैयाँ बराबरको कोभिड १९ बीमा गराएको हो । कम्पनीले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको विरुद्ध सुरक्षाको लागि संस्थामा कार्यरत सम्पुर्ण स्थाई, करार र प्रशिक्षार्थी कर्मचारीहरुको कोभिड १९ बीमा गरेको जानकारी दिएको छ । उक्त बीमाबाट संस्थाको कुनै पनि कर्मचारी कोरोना भाइरसको पीसीआर प्रविधिबाट परिक्षण गर्दा संक्रमण प्रमाणित भएको खण्डमा तोकिएको बीमाङ्क रकम प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न मिल्ने, कसरी हेर्ने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले अब आफ्नो विवरण आफै हेर्न सक्ने भएका छन् । कम्पनीले इन्स्योरेन्सको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सेवा(युजर पोर्टल)को शुभारम्भ गरेसँगै उनीहरूले साे सुविधा पाउने भएका हुन् । कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा बीमितहरुले सहजरुपमा बिना कुनै झन्झट घर बसेरै आफ्नो विवरण आफै हेर्न सकुन् भनेर उक्त सेवाकाे शुरू गरेकाे हाे ।  यसकाे लागि बीमितहरूले सिटिजन लाइफको एप सजिलै प्ले स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । त्यहाँबाट लग इनमा गएर पोलिसी होल्डर छनौट गरी आफ्नो पोलिसी नम्बर र पासवर्ड राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सक्ने कम्पनीले जानकारी दिएकाे छ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सकिने कम्पनीले जनाएको छ । बीमा योजना खरिद गरिसकेपछि आफ्नो विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भसँगै समाप्त भएको छ । साथै, सिटिजन लाइफको यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, एजेन्ट पोर्टल र कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध छ । यसका साथै कम्पनीले ग्राहकहरुको सुविधालाई मध्य नजर गरी सदैब आधुनिक तथा नवीनतम प्रविधिलाई ग्राहकको सेवामा ल्याउने योजना अनुसार अहिलेको यस परिस्थितिमा, घरमै बसेर इसेवा, फोनपे, कनेक्ट आईपीएस लगायतका डिजिटल बैङ्किङ्ग सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने व्यवस्था गरेको छ ।