सिद्धार्थ बैंक र कामना सेवाबीच विप्रेषण सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बैंकबीच विप्रेषण सम्बन्धी कारोबारको लागि सम्झौता भएको छ । दुई बैंकबीच उक्त कारोबारको लागि एक अर्काको प्रतिनिधी भई सहकार्य गर्ने गरी सम्झौता भएको हो । यससँगै, थप सहजरुपले विप्र्रेषण सम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने छ । उक्त सम्झौता पत्रमा कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अब स्वास्थ्यमा समस्या आएमा कामना सेवाका कर्मचारीले सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्ने

काठमाडौं । अब कामना सेवा विकास बैंकका कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी कुनै समस्या वा कुनै मनोवैज्ञानिक समस्या आएमा सिधै डा.सन्चो क्लिनिकसँग परामर्श गर्न सक्नेछन् । कामना सेवा विकास बैंक र डा.सन्चो क्लिनिक प्रा.लि. बीच स्वास्थ्य सम्बन्धी परामर्श लिने दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कोरोना भाइरस (कोभिड-१९) विश्वब्यापी महामारीको रुपमा फैलिरहेको यस विषम परिस्थितिको सामना गर्दै निरन्तर सेवामा खटिरहेका कर्मचारीहरुको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी उनीहरु सेवामा थप उत्साहित भई उच्च मनोबलकासाथ काम गर्ने हौसला प्रदान गर्नको लागि यो सम्झौता गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए । बैंकले यस अगाडि नै आफ्ना कर्मचारीहरुको लागि कोरोना बीमा समेत गरी सकेको छ ।

हेल्लो पैसा र जिएमई रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौं । विश्वको ख्याति प्राप्त रेमिटान्स कम्पनी हेल्लो पैसा र जिएमई रेमिट प्रा.लिबीच रेमिट्यान्स सम्झौता भई कारोबार शुरु भएको छ । उक्त सम्झौतामा जिएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र हेल्लो पैसाको तर्फबाट निर्देशक श्री अहेमेद शाजिम खमिसाले हस्ताक्षर गरेका हुन् । यससँगै, जिएमई रेमिटको माध्यमबाट विश्वभर रहेको हेल्लो पैसाका सम्पूर्ण शाखाहरु र एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना आफन्तहरुलाई पैसा पठाउन सकिन्छ । नेपालमा जिएमई रेमिटसँग आवद्ध ९००० भन्दा बढी एजेन्टहरुबाट सजिलैसँग रकम भुक्तानी लिन सकिने र कुनै पनि बैंकको खातामा तुरुन्तै रकम जम्मा गर्न सकिनेछ । जिएमई रेमिटले विप्रेषण क्षेत्रमा छोटो समयमा नै आफ्नोे छुट्टै पहिचान बनाई सफलता हाँसिल गर्न सफल भएको छ ।